४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप

सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्टले सरकारले सुदूरपश्चिम प्रदेशको विकासलाई उपेक्षा गरेको बतउनुभएको छ ।

बजेट विनियोजनमा न्यायोचित वितरण नगरेको भन्दै आपत्ति जनाउनुभएको हो । शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद भट्टले सुदूरपश्चिमको बजेट न सन्तुलित, न त समयसापेक्ष नै रहेको दाबी गर्नुभयो ।

सांसद भट्टले सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका गौरीफन्टालाई अन्तर्राष्ट्रिय नाका बनाउने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भएको सहमति कार्यान्वयनमा सरकारले चासो नदिएको बताउनु भयो ।

सुदूरपश्चिमका पर्यटकीय तथा प्राकृतिक क्षेत्रहरूको सम्भावनालाई सरकारले नजरअन्दाज गरेको उहाँको आरोप थियो । खप्तड, रामारोशन, बडिमालिका र खानीडाँडा जस्ता महत्वपूर्ण क्षेत्रको प्रवद्र्धनमा बजेट मौन रहेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । यस्तै, हुलाकी राजमार्ग अन्तर्गतका सडक र पुलहरू विगत ६ वर्षदेखि जीर्ण अवस्थामा रहँदा पनि मर्मतमा ध्यान नदिइएको उहाँले उल्लेख गर्नुभयो ।

सरकारको कार्यशैली र मन्त्रीहरूको अभिव्यक्तिप्रति लक्षित गर्दै सांसद भट्टले वर्तमान सरकारमा दम्भ देखिएको टिप्पणी गर्नुभयो । विशेषगरी नयाँ राजनीतिक शक्तिहरूले ३५ वर्ष पुराना भन्दै विगतका सबै उपलब्धि र व्यक्तिहरूलाई गाली गर्ने प्रवृत्तिको उहाँले आलोचना गर्नुभयो । सम्पती शुद्धीकरण र छानबिनको विषयमा बोल्दै उहाँले कानुन सबैका लागि समान हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यदि गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा विकास गरिएन भने धनगढी बजारको अवस्था भद्रपुरको जस्तै हुने खतरा छ । सरकारले विकासमा समानताको कुरा गरे पनि बजेटको आकार र वितरण न्यायोचित छैन । ३५ वर्ष अगाडिका मानिसहरूले काम नगरेको भए आज तपाईंहरू मन्त्री र प्रधानमन्त्री हुने अवस्था हुने थिएन । पुरानो व्यवस्थाकै जगमा उभिएर अहिलेको जिम्मेवारीमा पुगेकाहरूले विगतलाई मात्र सराप्नु तर्कसंगत छैन । नयाँ हुनेलाई कानून नलाग्ने र पुरानालाई मात्र सम्पती शुद्धीकरणमा तान्ने कुरा न्यायोचित छैन । सम्पती छानबिन गर्ने हो भने आफ्नै पुस्ता र परिवारबाट शुरु गरौँ, कानूनले नयाँ र पुरानो भन्दैन ।’

सांसद भट्टले सरकारलाई संविधान, विधि र पद्धतिको पालना गर्न सचेत गराउँदै जनतासँग गरिएका वाचाहरू पूरा गर्न आग्रह गर्नुभयो । लोकतान्त्रिक संस्थाहरू र भौतिक संरचनाहरूको सम्मान गर्नुपर्ने बताउँदै उहाँले अरूको अस्तित्व स्वीकार नगरे आफ्नो अस्तित्वको पनि औचित्य नरहने चेतावनी दिनुभयो ।