४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु

काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु
अ+ अ-

काठमाडौँ । काठमाडौँको ब्रह्मानन्द सरस्वती नगर, दक्षिणकालीमा ज्योतिष सम्मेलन सुरु भएको छ । ‘ज्योतिष केवल भविष्यवाणीको माध्यम मात्र होइन, यो प्रकृति, चेतना र जीवनको सूक्ष्म विज्ञान हो’ भन्ने नाराका साथ तीन दिने सम्मेलन सुरु भएको हो ।

नेपाल महर्षि वैदिक फाउन्डेसनको आयोजनामा नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, दक्षिण एसियाली ज्योतिष महासङ्घ, नेपाल ज्योतिष परिषद्समेत सह–आयोजक भएर आजदेखि सम्मेलन सुरु गरिएको हो ।

सम्मेलनमा करिब २०० जना ज्योतिषविद्हरुको सहभागिता रहेको छ । सम्मेलनमा देशभरका ज्योतिषविद्, वैदिक विद्वान्, अनुसन्धानकर्ता, शिक्षाविद् तथा आध्यात्मिक साधकहरूको उत्साहपूर्ण सहभागिता छ ।

वैदिक ज्योतिषको वैज्ञानिक आधार, वर्तमान समाजमा यसको उपयोगिता, अनुसन्धानका सम्भावना तथा ऋषि परम्परागत ज्ञानको संरक्षण र प्रवर्द्धनका विषयमा गहन विचार–विमर्श, ज्ञान, अनुभव र अनुसन्धानको साझा मञ्च बनेको सम्मेलनले वैदिक ज्योतिषको समृद्ध परम्परालाई अझ सुदृढ बनाउँदै समाजमा सकारात्मक दिशा प्रदान गर्ने विश्वास गरिएको छ ।

कार्यक्रमको शुभारम्भ गर्नुहुँदै फाउन्डेसनका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री दीपकप्रकाश बास्कोटाले ज्योतिष क्षेत्रलाई थप अध्ययन, अनुसन्धान र समृद्ध बनाउन तीन दिने सम्मेलनले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनका क्रममा ज्योतिषीहरुलाई भावातीत ध्यान सिकाएर साधनाका साथ राम्रो फलादेश गर्न योग्य बनाउने लक्ष्य राखिइएको जनाइएको छ ।