४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अर्थमन्त्री वाग्लेद्वारा वैदेशिक ऋण बाध्यता भएको स्पष्टिकरण, उत्पादनमूलक क्षेत्रमा लगानी भएकाले नआत्तिन आग्रह

अर्थमन्त्री वाग्लेद्वारा वैदेशिक ऋण बाध्यता भएको स्पष्टिकरण, उत्पादनमूलक क्षेत्रमा लगानी भएकाले नआत्तिन आग्रह
अ+ अ-

काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो स्पष्टिकरण दिनु भएको हो ।

अर्थमन्त्री वाग्लेले नेपालले तिर्दै जाने गरी लगानी गरेकाले ऋण लिने कुराले जहाजनै डुब्छ भने जसरी विरोध गर्न आवश्यक नभएको पनि जिकिर पनि गर्नु भयो । उहाँले उत्पादनमूलक क्षेत्रमा लगानी गरेकाले लिइएको ऋणबाट नआत्तिन पनि सांसदहरुलाई आग्रह गर्नुभयो ।

मन्त्री वाग्लेले भन्नुभयो,‘ऋण लिँदैमा जहाजनै डुब्ने, आकाश नै खस्ने होइन । माननीयजीहरुबाट नै आईसक्यो । ऋण लिनु खराव होइन, ऋण लिनुपर्दछ । हाम्रो त बाध्यात्मक अवस्था नै छ । कहाँ सदुपयोग गरियो ? त्यो उल्लेख्य हो । त्यसमा माननीयजीहरुले ठूलो निगरानी गर्नुपर्ने हुन्छ । र, आजको दिनमा पनि रातो किताव हेर्नुभयो भने माननीयजीहरुले देख्नु हुन्छ–बढि सडक पूर्वाधार, ट्रान्टमिभशन लाईन, यस्तैयस्तैमा हो हाम्रो ऋणको लगानी । र, त्यो ऋणको सौन्दर्य के हो भने त्यौ आफै तिरिदै जाने लगानी हो । त्यसले आर्थिक वृद्धि सृजना गर्छ । त्यसले आम्दानी सृजना गर्दछ । ऋण लिएर घिउ खानाको पो भएनत । उत्पादनमूलक गतिविधिमा लगानी गर्नु हुन्छ । र, त्यो इतिहास जारी रहेको हाम्रो झन्डै झन्डै ६५ वर्ष भयो । अर्थतन्त्रको आधार र सामथ्र्य बढ्दै गयो भने वैदेशिक ऋण पनि नट ब्याड ।’

अर्थमन्त्री वाग्लेले सरकारले भ्रष्टाचार नियन्त्रण गरेर लक्ष्य अनुसार राजस्व संकलन गर्नसक्ने दावी समेत गर्नुभयो ।