३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

भारतसामु दक्षिण अफ्रिकाको लज्जास्पद हार

भारतसामु दक्षिण अफ्रिकाको लज्जास्पद हार
अ+ अ-

राँची । भारतले दक्षिण अफ्रिका विरुद्धको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेट एक इनिङ र २०२ रनले जितेको छ । यो जितसँगै तीन खेलको शृङ्खलामा भारत ३–० ले विजयी भयो । पाँचौं दिनको मंगलबारको खेलमा पहिलो सत्रमा १२ बलभित्रै दक्षिण अफ्रिकाको दुई विकेट पतन भएको थियो । भारतका लागि अन्तिम २ विकेट शाहबाज नदीमले लिएका थिए ।
भारतले लगातार ११ वटा टेस्ट शृङ्खलामा विजय हासिल गरी नयाँ रेकर्ड कायम गरेको छ । यसअघि अस्ट्रेलियाले देशभित्र लगातार १० वटा टेस्ट शृङ्खला जितेको थियो । दक्षिण अफ्रिकाले यस शृङ्खलामा लज्जास्पद प्रदर्शन गरेको छ ।

भारतसामु तीनमध्ये दुई वटा खेलमा दक्षिण अफ्रिका इनिङले पराजित भएको हो । एक दशकभित्र दक्षिण अफ्रिकाको यो पहिलो लज्जास्पद प्रदर्शन हो । भारतले पहिलो इनिङमा ४९७ रन बनाई पालि समाप्तीको घोषणा गरेको थियो । त्यसपछि ब्याटिङ गर्न मैदानमा उत्रिएको दक्षिण अफ्रिकाले दुबै इनिङमा खराब प्रदर्शन गरेको थियो । दक्षिण अफ्रिका पहिलो इनिङमा १६२ रनमा अलआउट हुँदै फलोअनमा परेको थियो । दोस्रो इनिङमा दक्षिण अफ्रिकी टोली १३३ रनमै समेटिएको थियो ।

भारतीय ब्याट्सम्यान मयङ्क अग्रवाल (२१५), विराट कोहली (२५४ अविजित) र रोहित शर्मा (२१२) ले दोहोरो शतक बनाएका थिए ।
भारतीय टिमका प्रशिक्षक रवी शास्त्रीले भारतीय बलरले पनि उत्तिकै राम्रो प्रदर्शन गरेको बताउनुभयो । उहाँले आफ्नो टिमको मुख्य ध्यान नै २० विकेट लिनेमा केन्द्रित थियो भन्दै ब्याटिङमा त भारतको प्रदर्शन प्रशंसालायक रहेको बताउनुभयो । भारतले यसअघि विशाखापटनम र पुणेमा खेलिएका दुबै टेस्ट जितेको थियो । यी खेलमा भारतीय बलर मोहम्मद शामी र उमेश यादवले १० विकेट लिएका थिए ।
भारतले यही नोभेम्बर ३ देखि बंगलादेशविरुद्ध दुई टेस्ट र तीन टी२० प्रतियोगिता भारतमै खेल्दैछ । तर यो शृङ्खलामा सहभागी हुने बंगलादेशी मुख्य खेलाडीहरुले तलब वृद्धिको माग गर्दै आन्दोलन गरिरहेका कारण शृङ्खला नै खतरामा परेको छ ।