४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कञ्चनपुरको पुनर्वास ३३/११ केभी सबस्टेशन सञ्चालनमा

कञ्चनपुरको पुनर्वास ३३/११ केभी सबस्टेशन सञ्चालनमा
अ+ अ-

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा ३३/११ केभी, ६/८ एमभिए क्षमताको पुनर्वास सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।

सबस्टेशन सञ्चालनमा आएपछि करिब १८ हजार ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार उक्त सबस्टेशन निर्माणका लागि यसअघि ठेक्का सम्झौता गरिएको भए पनि सम्बन्धित निर्माण व्यवसायीले सिभिल कार्यबाहेक आवश्यक इलेक्ट्रोमेकानिकल कार्य सम्पन्न नगरेपछि ठेक्का सम्झौता रद्द गरिएको थियो ।

यस क्षेत्रमा लामो समयदेखि न्यून भोल्टेज तथा विद्युत् आपूर्तिसम्बन्धी समस्याका कारण स्थानीय उपभोक्ताबाट व्यापक गुनासो आएपछि तत्काल वैकल्पिक व्यवस्था गरी सबस्टेशन निर्माण कार्य शीघ्र सम्पन्न गर्न निर्देशन दिइएको पनि श्रेष्ठले बताउनुभयो । सोही निर्देशनअनुसार बेलौरी वितरण केन्द्रले नेपाल विद्युत प्राधिकरणको विभिन्न कार्यालयमा रहेका ६÷८ एमभिए क्षमताको ट्रान्सफर्मरसहित आवश्यक उपकरणको उपयोग गरी बाँकी निर्माण तथा जडान कार्य द्रुत गतिमा सम्पन्न गर्दै सबस्टेशन सञ्चालनमा ल्याएको हो ।

“बेलौरी वितरण केन्द्रको नियन्त्रणमा रहने उक्त सबस्टेशन सञ्चालनमा आएसँगै उक्त क्षेत्रका ग्राहकलाई भरपर्दो विद्युत् आपूर्ति गर्न सहज हुनेछ”, श्रेष्ठको भनाइ छ । यस कार्य नेपाल विद्युत् प्राधिकरण, सुदूरपश्चिम प्रादेशिक कार्यालयको अग्रसरतामा सम्पन्न भएको हो । अब बेलौरी वितरण केन्द्रअन्तर्गतका करिब १८ हजार ग्राहक सबस्टेशनबाट प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।

“यसबाट विद्युत् आपूर्तिको गुणस्तरमा उल्लेखनीय सुधार आउनुका साथै भविष्यको बढ्दो विद्युत माग व्यवस्थापन गर्न पनि सहज हुनेछ”, श्रेष्ठले भन्नुभयो । प्राधिकरणले सबस्टेशन सञ्चालनमा आएसँगै पुनर्वास क्षेत्रको विद्युत् आपूर्ति प्रणाली थप स्थिर, भरपर्दो र गुणस्तरीय बन्ने विश्वास व्यक्त गरेको छ ।