३० श्रावण २०८३, शनिबार
,
Latest
विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गोपनीयता, प्रेस स्वतन्त्रता र पक्राउको प्रश्न : किशोर श्रेष्ठ प्रकरणले उठाएको संवैधानिक बहस मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख ‘गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिकताः ग्रामीण अर्थतन्त्रको नयाँ आधार’–मुख्यमन्त्री पाण्डे मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु चीनमा नेपाली जडिबुटीको संभावना र भविष्य वारे विमर्श जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज…
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित



अ+ अ-

काठमाडौँ। राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत फोटोपत्रकार एवं राष्ट्रिय फोटोपत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड–२०२६’ बाट सम्मानित हुनुभएको छ ।

‘कर्पोरेट मिडिया ग्रुप’द्वारा आज यहाँ आयोजित ‘कर्पोरेट बिजनेस अवार्ड–२०२६’ को १८औँ संस्करणमा फोटोपत्रकार वन्तलाई उक्त अवार्ड प्रदान गरिएको हो । सङ्घीय सासंद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल तथा नेपाल उद्योग वाणिज्य महासङ्घका  पूर्वअध्यक्ष भवानी राणाले उहाँलाई अवार्ड तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा कर्पोरेट फोटोग्राफीसहित विभिन्न २३ विधामा योगदान पु¥याएका व्यक्ति तथा संस्थालाई समेत सम्मान गरिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वलजङ्ग शाहले जानकारी दिनुभयो ।

ईश्वरलाल प्रतिष्ठानसँगको सहकार्यमा उक्त अवार्ड कार्यक्रम नेपालको निजी क्षेत्र, बैङ्किङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्ति तथा संस्थाको पहिचान तथा सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको हो ।  रासस