४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु

रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली तयार गर्ने काम सुरु गरिएको छ ।

उक्त पार्टीको पहिलो महाधिवेशन चितवन जिल्लाको भरतपुरमा यही असार ७ देखि ९ गतेसम्म हुने भएकाले निर्वाचनमा मतदान गर्ने प्रतिनिधिको नामावली तयारी हुन लागेको हो ।

केन्द्रीय सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठले मधेस प्रदेश र विभिन्न १३ जिल्लामा निर्वाचन हुन नसकेका स्थानमा जिल्ला तदर्थ समितिबाटै प्रतिनिधि चयन गराइने जानकारी दिनुभयो । त्यसैगरी, २०७९ को आम निर्वाचनमा उम्मेद्वार भइ निर्वाचित हुन नसकेका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुलाई समेत प्रतिनिधिका रुपमा सहभागी गराइने भएको छ ।

यस्तै पालिका सभापति, पालिकाको अधिवेशनबाट छनोट भएका महाधिवेशन प्रतिनिधि, केन्द्रीय समिति र केन्द्रीय संरचनामा रहेका प्रतिनिधिहरु महाधिवेशन प्रतिनिधिमा रहनुहुनेछ । केन्द्रका ३८ विभागका ११ जनाका दरले रहेका समितिका सदस्यहरु महाधिवेशन प्रतिनिधिका रुपमा हुनेछन् ।

तीन आयोगका ११ जनाका दरले रहेका सदस्यहरु र सल्लाहकार पनि प्रतिनिधिका रुपमा रहनु हुनेछ । सङ्घीय नेतृत्व मञ्चका सबै सदस्यहरु, सातै प्रदेशका प्रदेश समिति, प्रदेश विभागका प्रमुख, उपप्रमुख र सचिव, जिल्ला समितिका सभापतिसहित पाँचजना महाधिवेशनका लागि प्रतिनिधि बन्नुहुनेछ ।

विभिन्न जिल्लाका ‘जिल्ला–काठमाडौँ सम्पर्क विभाग’ का प्रमुखहरु, निर्वाचन क्षेत्रका संयोजक र उपसंयोजक पनि प्रतिनिधि रहनुहुनेछ । विभिन्न २५ देशबाट प्रतिनिधिहरु आउने तय भएको छ ।

ती देशबाट सङ्ख्याका आधारमा तीनदेखि ११ जनासम्म प्रतिनिधि आउने श्रेष्ठले बताउनुभयो । यससँगै केन्द्रीय सभापतिले विशेष निर्णयमार्फत दुईसय जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्न पाउने व्यवस्था रहेको छ । विधान र पार्टीको निर्णय अनुसार महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको सूचि तयार गरिँदै छ ।

महाधिवेशन प्रतिनिधिको एकिन सङ्ख्या साँझसम्ममा तय हुने उहाँले बताउनुभयो । यसैसाथ महाधिवेशनमा पर्यवेक्षकका रुपमा सहभागी हुनेहरुको सूची पनि तयार हुँदैछ । महाधिवेशनमा सहभागी हुनका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरु, विशिष्ट व्यक्तित्व, विदेशी पार्टी तथा अन्य निकायलाई निमन्त्रण पठाउने काम भइरहेको बताइन्छ ।

महाधिवेशनको पहिलोदिन असार ७ गते भरतपुरको गेष्टहाउस मैदानमा उद्घाटन गरिदै छ । ८ र ९ गते मैदान नजिकै रहेको उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्र हुनेछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । पहिलो चरणमा एकजना सभापति र ९९ जना सदस्य चयन गर्दैछ । निर्वाचित सदस्यबाट दोस्रो चरणमा तीन जना उपसभापति, दुई जना महामन्त्री र चार जना सहमहामन्त्रीका लागि निर्वाचन हुने श्रेष्ठले जानकारी दिनुभयो ।

महाधिवेशन तयारीका लागि केन्द्रीय नेताहरु आउने क्रम सुरु भइसेको । महाधिववेशन मूल आयोजक समितिअन्तर्गतका १८ वटा उपसमितिले आ¬–आआफ्नो काम गरिरहेका छन् ।