४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव

विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव
फाइल फोटो
अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणसँग उपभोक्तासँग प्रत्यक्ष जोडिएका मिटर, ट्रान्सफर्मर लगायतका उपकरणहरूको मौज्दात र आपूर्ति व्यवस्थापनबारे जानकारी लिनुभएको छ ।

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकका क्रममा मन्त्री श्रेष्ठले प्राधिकरण व्यवस्थापनसँग सो विषयमा छलफल गर्नुभएको हो ।

उपभोक्ताबाट मिटर तथा ट्रान्सफर्मर जस्ता आवश्यक उपकरणहरू सहज रूपमा उपलब्ध नभएको गुनासो बढेपछि मन्त्री श्रेष्ठले चासो व्यक्त गर्नुभएको थियो ।

बैठकमा प्राधिकरण व्यवस्थापनले खरिद प्रक्रिया पूरा गर्दा केही समस्या देखिए पनि हाल पर्याप्त मौज्दात रहेको र थप आपूर्ति हुने क्रममा रहेको जानकारी गराएको छ । व्यवस्थापनले अब उपभोक्तालाई यस्ता उपकरणको अभाव नहुने स्पष्ट पारेको छ ।

त्यरस्तै मन्त्री श्रेष्ठले देशभर सञ्चालनमा रहेका विद्युत् प्राधिकरणका विभिन्न परियोजनाहरूको बारेमा सर्वसाधारणलाई स्पष्ट जानकारी दिने सूचनापाटी राख्न सुझाव दिनुभएको छ ।

सूचनापाटीमा परियोजनाको कुल लागत, निर्माण सम्पन्न हुने अनुमानित अवधि, निर्माण गर्ने कम्पनीको नाम, परियोजना प्रमुख तथा सूचना अधिकारीको नाम र सम्पर्क नम्बर जस्ता विवरण राख्न मन्त्री श्रेष्ठको सुझाव छ।

मन्त्री श्रेष्ठले यस्ता सूचनापाटीले परियोजनाको पारदर्शिता बढाउने र जनताले सजिलै जानकारी पाउने बताउनुभएको छ । यो बैठकमा ऊर्जा क्षेत्रका अन्य चालु परियोजनाहरूको प्रगति तथा चुनौतीका विषयमा पनि छलफल भएको थियो ।