• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo

महिला हिंसा अन्त्य गर्न सरकार प्रतिबद्ध रहेकाे मन्त्री थापाकाे भनाइ



काठमाडाैंः महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले महिला हिंसा अन्त्य गर्न तीनै तहका सरकार जिम्मेवार भएर काम गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

बेइजिङ्ग सम्मेलनको २५ वर्ष प्लस राष्ट्रिय समिक्षा कार्यक्रमकोे अवसरमा आज, वियोण्ड वेजिङ्ग कमिटिले काठमाण्डौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मगरले सो कुरा बताउनुभएको हो ।

उहाँले स्थानीय तहहरु जनताको नजिकै भएकाले महिलाहरुको अवस्था स्थानीय तहसँग बुझ्ने र स्थानीय सरकारसँग मिलेर महिला हिंसा निवारण कोष निर्माण गर्ने तयारीमा सरकार रहेको बताउनुभयो ।

स्थानीय तहले सरकारले बनाएको योजनाहरु कार्यान्वयन गर्न सक्यो भने महिला हिंसाको घटना न्यूनिकरण गर्न सम्भव रहेको उहाँको भनाई छ ।

यस्तै वियोण्ड वेजिङ्ग कमिटिका अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठले सन् १९९५ मा चिनको भएको बेईजिङ्गमा भएको चौथो विश्व महिला सम्मेलनका कारण महिलाहरुले आफ्नो आवाज राख्ने वातावरण बनेको बताउनुभयो ।

उहाँले चौथो विश्व महिला सम्मेलनले विश्वलाई नै लैगिंक समानताको लागि उन्मुख गराएकाले नेपालमा पनि यसले परिवर्तन आएको उहाँले बताउनुभयो ।

नेपालले वेईजिङ्ग सम्मेलनले प्रतिपादन गरेका १२ वटा सरोकारका सवालहरुको कार्यान्वयनका लागि राष्टिय कार्यनीति तयार गरी पूर्ण प्रतिवद्धता व्यक्त गरिसकेको छ । जसमा वियोण्ड बेइजिङ्ग कमिटि नेपालले सन् १९९४ देखि नै लैङ्गीकता र महिला तथा बालिकाको अधिकारका लागि काम गर्दै आएको छ ।

पारित गरेको कार्यनितिको बारेमा जानकारी दिन र त्यो कार्यनितिको कार्यान्वयनको अवस्था कस्तो छ भन्ने विषयमा जानकारी दिन आज यो राष्ट्रिय समिक्षा गोष्ठी गरिएको हो ।