४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

दोहोरो नागरिकता विवादमा मुछिएका कांग्रेस सांसद कँडेल अब अपहरण मुद्दामा पनि संलग्न देखिए

दोहोरो नागरिकता विवादमा मुछिएका कांग्रेस सांसद कँडेल अब अपहरण मुद्दामा पनि संलग्न देखिए
अ+ अ-

काठमाडौं । दोहोरो नागरिकता विवादमा मुछिएका कांग्रेस सांसद देवेन्द्रराज कँडेलविरुद्ध भारतमा अपहरण मुद्दा पनि चलिरहेको छ । उनीमाथि उत्तरप्रदेश, ठुटीबारीका उज्ज्वल सिंहको अपहरण गरेको आरोप छ । हिन्दुस्तान दैनिकका अनुसार चार वर्षअघि उज्ज्वल नेपाल आएका वेला कँडेलको योजनामा नवलपरासीबाट उनको अपहरण गरिएको थियो ।

कँडेलसहित पाँचजनाविरुद्ध उज्ज्वलकी पत्नी सुनिता सिंहले भारतीय प्रहरीको महाराजगन्ज तहसिलमा जाहेरी दिएकी थिइन् । अहिले त्यो मुद्दा इलाहावाद हाइकोर्टमा विचाराधीन छ ।जाहेरीअनुसार उज्ज्वललाई ३० अक्टुबर २०१५ मा अपहरण गरिएको थियो । त्यतिवेला अपहरणविरुद्ध ठुटीबारीमा स्थानीयले बृहत् प्रदर्शन गरेका थिए । उनीहरूले ठुटीबारी बजार नै बन्द गराएर दशगजा क्षेत्रमा पनि नाराबाजी गरेका थिए ।

अनुसन्धानको विवरण प्राप्त भएपछि त्यहीअनुसार कारबाहीः उपसभामुख
प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेले देवेन्द्रराज कँडेलसँग दोहोरो नागरिकता रहेकोबारे संसद्सँग औपचारिक जानकारी नभएको बताइन् । सञ्चारमाध्यमले उठाएको प्रश्नबारे भने आफू जानकार रहेको उनको भनाइ छ । सरकारले अनुसन्धान गरेर औपचारिक जानकारी नगराएसम्म संसद्ले कँडेललाई कुनै कारबाही गर्न नसक्ने तुम्बाहाङफेले बताइन् । ‘प्रश्न उठेको छ, अनुसन्धान गर्ने निकायले अनुसन्धान गरेर संसद्लाई जे विवरण बुझाउँछ, त्यसका आधारमा मात्र कारबाही अघि बढाउन सकिन्छ,’ उनले भनिन् ।

कांग्रेस प्रवक्ता शर्मा भन्छन्–अनुसन्धानमा सघाउनु कँडेलको कर्तव्य
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दोहोरो नागरिकता विवादमा मुछिएका आफ्ना सांसद देवेन्द्रराज कँडेलले तथ्य प्रस्ट्याउने र अनुसन्धानलाई सघाउनुपर्ने बताएका छन् । सार्वजनिक रूपमा प्रश्न उठिसकेपछि तथ्य प्रस्ट पार्नु कँडेलको कर्तव्य हुने उनको भनाइ छ । ‘प्रश्न उठिसकेपछि तथ्य प्रस्ट्याउने र आवश्यक खोजिए अनुसन्धानलाई सघाउने उहाँ (कँडेल)को कर्तव्य हो, त्यो उहाँले निभाउनुहुनेछ,’ प्रवक्ता शर्माले मंगलबार साँझ ट्विट गरेका छन् ।

आफ्नै हजुरआमाले राणाकालमा दशगजापारि खोलेको स्कुलको नेतृत्व मात्रै अहिले सांसद कँडेलले लिएको शर्माको दाबी छ । ‘हजुरआमा राधाले राणाकालमा यता स्कुल खोल्न नपाएपछि दशगजापारि खोल्नुभयो राधाकुमारी स्कुल । पिता ०१५ सालका एमपी । तेस्रो पुस्तामा स्कुल देवेन्द्रराज कँडेलको नेतृत्वमा आयो । सत्य यही हो ।

रह्यो नागरिकताको प्रश्न । निष्पक्ष अनुसन्धान नगरी किटानी नलेख्नू, फर्जी ठहरे जेल पठाउनू । जय नेपाल ।’ शर्माको ट्विटमा उल्लेख छ । नयाँ पत्रिका दैनिकबाट