४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

वामदेवलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिबाट कार्यान्वयन भएन, दुई महिनादेखि अलपत्र

वामदेवलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिबाट कार्यान्वयन भएन, दुई महिनादेखि अलपत्र
अ+ अ-

काठमाडौं । सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने सत्तारुढ नेकपाको प्रस्ताव दुई महिनादेखि अलपत्र परेको छ । गौतमलाई संगठन विभाग प्रमुखसँगै उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिबाट पारित गर्ने सचिवालयको निर्णय थियो, जुन कार्यान्वयन नहुँदा दुई महिनादेखि गौतमले जिम्मेवारी सम्हाल्न पाएका छैनन् । गत ३१ साउनमा बसेको सचिवालय बैठकमा गौतमलाई उपाध्यक्ष बनाउने अध्यक्ष केपी ओलीको प्रस्तावलाई केन्द्रीय सचिवालय बैठकले सर्वसम्मत अनुमोदन गरेको थियो ।

बैठकको निर्णयमा गौतमलाई उपाध्यक्ष बनाउनका लागि स्थायी समितिमा प्रस्ताव लैजाने भनिएको थियो । तर, अघिल्लो पुस दोस्रो साता बसेको स्थायी समिति बैठक करिब दश महिनासम्म बोलाइएको छैन । गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावसँगै तेस्रो वरीयतामा रहेका वरिष्ठ नेता माधवकुमार नेपालको मर्यादाक्रम एक तह तल झार्ने र त्यहाँ झलनाथ खनालको वरीयता बढुवा गर्ने सचिवालयले निर्णय गरेको थियो ।

यी दुवै निर्णयलाई अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पनि साथ दिएपछि नेकपाको शीर्ष तहको समीकरण नै बदलिएको थियो । अध्यक्ष प्रचण्ड, नेपाल, खनाल र गौतम नजिकिँदै गएका वेला पछिल्लो निर्णयसँगै नेपाल एक्लिएका थिए । अध्यक्ष केपी ओलीले धोका दिएकाले पार्टीमा जिम्मेवारी खुम्चिएकामा असन्तुष्ट गौतमले उनकै प्रस्तावमा महत्वपूर्ण जिम्मेवारी पाएको महसुस गरेका थिए ।

पछिल्लो प्रस्तावसँगै दुई अध्यक्षपछिको महत्वपूर्ण जिम्मेवारीका साथ प्रभावशाली भूमिकामा उदाएको महसुस गरेका गौतम लामो समयसम्म प्रस्ताव कार्यान्वयन नभएपछि भने उनले नेतृत्वले उपेक्षा गरेको आशंका गर्न थालेको उनीनिकट स्रोतले जनाएको छ ।

गौतमलाई विधानविपरीत उपाध्यक्षमा प्रस्ताव
गौतमको उपाध्यक्ष सिफारिस विधानसंगत छैन । विधानको दफा १८ मा दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक प्रवक्ता र एक महासचिव मात्रै रहने व्यवस्था रहेकामा बैठकले गौतमलाई उपाध्यक्ष बनाउन प्रस्ताव गरेको हो । गौतमलाई एक्कासि उपाध्यक्षमा प्रस्ताव गरिएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले घुमारो तरिकाले असन्तुष्टि जनाएका थिए ।

विधान परिमार्जनबाट वैधानिकता दिइने
गौतमलाई उपाध्यक्ष बनाउन नेकपाले विधानसमेत परिमार्जन गर्ने भएको छ । अन्तरिम विधानमा उपाध्यक्षको व्यवस्था नभएकाले आवश्यकताअनुसार केन्द्रीय कमिटीले विधान हेरफेर गर्ने महासचिव विष्णु पौडेलले बताए । ‘अहिलेको विधान महाधिवेशनले होइन, केन्द्रीय कमिटीले बनाएको हो, त्यसैले केन्द्रीय कमिटीले नै विधानमा हेरफेर गर्न सक्ने भएकाले उपाध्यक्षका सन्दर्भमा पनि विधानमा आवश्यक परिमार्जन गर्न सकिन्छ ।’ पौडेलले भने ।

ओली–गौतम नजिकिँदा सचिवालयको सन्तुलन फेरबदल
नेकपाको सचिवालय ९ सदस्यीय छ । पछिल्लोपटक नेता गौतम नजिकिएपछि ओलीसँग सचिवालयमा महासचिव विष्णु पौडेल र नेता ईश्वर पोखरेलसहित ४ सदस्य हुनेछन् । पूर्वमाओवादी समूहबाट अध्यक्ष प्रचण्डबाहेक नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा‘बादल’ छन् । पूर्वएमाले समूहमा झलनाथ खनाल अध्यक्ष ओली र प्रचण्ड कतैतिर खुलेका छैनन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी सञ्चालनसम्बन्धी कतिपय एजेन्डामा अध्यक्ष प्रचण्डसँग नजिक छन् । गौतम ओलीसँग नजिकिए नेकपाभित्र दुईवटा समूहमा प्रस्ट समीकरण नबन्दासम्म गुट अदलबदल भइरहने भएकाले कुन समूह बलियो छ भन्ने अंक गणितमा पनि फेरबदल भइरहनेछ ।

वामदेवलाई उपाध्यक्ष प्रस्ताव गरेपछि प्रवक्ता श्रेष्ठको प्रश्न
कमरेड वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लैजाने सचिवालयको निर्णय छ । त्यस निर्णयमा वामदेव कमरेडलाई सम्मान गरेर उचित भूमिका दिने प्रश्न र पार्टी एकतालाई अझ मजबुद बनाएर सक्रिय बनाउने प्रश्न जोडिएको छ । एकता महाधिवेशनसम्म जाँदा पार्टी एकताकै सहमति कार्यान्वयन गर्दै जाऊँ भन्ने कि बीचमा अरू निर्णय पनि गर्दै जाने ?

त्यसरी बीचमा निर्णय गर्ने हो भने किस्ता–किस्तामा गर्ने कि समग्रतामा गर्ने रु यी प्रश्न गम्भीरतापूर्वक सचिवालयमा उठेका छन् । हामी समग्रमा छलफल गरौँ भन्ने पक्षमा छौँ । वामदेव कमरेडलाई उपाध्यक्ष बनाउने कुरामा असहमति नहोला, छैन पनि । तर, यी दुई प्रश्नसँग त यो सन्दर्भ जोडियो नै । नयाँ पत्रिका दैनिकबाट