५ असार २०८३, शुक्रबार
,
Latest
यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत गाजाका सबै सिमाहरू खोली सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै



अ+ अ-

बेइजिङ। चीन र संयुक्त राज्य अमेरिकाबीच लागूऔषध नियन्त्रणका क्षेत्रमा घनिष्ठ सञ्चार र व्यावहारिक सहयोग जारी रहेको चीनले जनाएको छ ।

चीन राष्ट्रिय लागूऔषध नियन्त्रण आयोगको कार्यालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयका कार्यकारी उपनिर्देशक तथा सार्वजनिक सुरक्षा मन्त्रालयको लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख वेई सियाओजुनले दुवै देशबीच विभिन्न तहमा संस्थागत संवाद र सहकार्य भइरहेको जानकारी दिनुभयो ।

वेईका अनुसार चीनले अमेरिकी राष्ट्रिय लागूऔषध नियन्त्रण नीति कार्यालयलगायत सम्बन्धित निकायसँग नियमित सम्पर्क कायम राखेको छ । साथै, दुवै देशका कानुन कार्यान्वयन निकायले लागूऔषधसम्बन्धी धेरै मुद्दामा संयुक्त अनुसन्धान गरेका छन् ।

उहाँले चीनले उत्तरी अमेरिकामा अवैध लागूऔषध उत्पादनमा प्रयोग हुने पूर्ववर्ती रसायनको दुरुपयोग रोक्न सक्रिय कदम चालेको पनि बताउनुभयो ।

चिनियाँ पक्षले लागूऔषध नियन्त्रणका लागि अन्तरराष्ट्रिय सहकार्यलाई निरन्तर विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  (रासस/सिन्ह्वा)