४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

समावेशी समाज निर्माण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखी बजेट तर्जुमा गरिएको छः मन्त्री वादी

समावेशी समाज निर्माण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखी बजेट तर्जुमा गरिएको छः मन्त्री वादी
अ+ अ-

काठमाडाैँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमले समावेशी, सुरक्षित र मर्यादित समाज निर्माण गर्ने लक्ष्य राखेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको सम्बोधन गर्दै मन्त्री वादीले सो धारणा राख्नुभएको हो । मन्त्री वादीले मन्त्रालयको कार्यक्षेत्र विस्तार भई दलित, मधेसी, मुस्लिम, थारू, आदिवासी जनजाति र सीमान्तकृत समुदायका मुद्दाहरू समेत समेटिएकाले सोही अनुरूप बजेट विनियोजनमा वृद्धि गरिएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार महिला सशक्तीकरण, लैङ्गिक समानता र हिंसामुक्त समाज निर्माण मन्त्रालयको उच्च प्राथमिकतामा रहेका छन् । लैङ्गिक हिंसा विरुद्ध शुन्य सहनशीलताको नीति अनुरूप मन्त्रालयले ‘लैङ्गिक हिंसा विरुद्धको एकीकृत कानून’ तर्जुमा गर्ने तयारी गरेको छ । ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४’ लाई पालेर्मो प्रोटोकल र समसामयिक आवश्यकता अनुसार संशोधन गर्ने प्रक्रिया शुरु भइसकेको मन्त्री वादीले बताउनु भयो । साथै, विश्व बैंकको सहयोगमा १२ वटा स्थानीय तहमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच कार्यक्रम सञ्चालन गरिने उहाँले उल्लेख गर्नुभयो ।

एशियाली विकास बैंकको सहकार्यमा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा नेपाल प्रहरीका १५ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्र र चार स्थानमा दीर्घकालीन पुनःस्थापना केन्द्र निर्माणका लागि बजेट विनियोजन गरिएको छ । यस्तै, मानव विकास सूचकाङ्कमा पछाडि परेका १११ स्थानीय तहमा विपन्न महिला जीविकोपार्जन सुधार कार्यक्रम र विभिन्न सीमान्तकृत समुदाय लक्षित स्वरोजगार कार्यक्रम सञ्चालन गरिने मन्त्री वादीले जानकारी दिनुभयो ।

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलाका लागि सञ्चालित हवाई उद्धार’ कार्यक्रमलाई मन्त्रालयले उच्च प्राथमिकताका साथ निरन्तरता दिएको छ । आर्थिक वर्ष २०७६÷७७ देखि हालसम्म ९३२ जनाले यो सेवा प्राप्त गरिसकेको र यसलाई थप प्रभावकारी बनाउन हवाई उद्धार कार्यविधिलाई परिमार्जन गरिने उहाँले स्पष्ट पार्नुभयो ।

सन् २०३० सम्म नेपाललाई बालविवाहमुक्त राष्ट्र बनाउने लक्ष्यका साथ विभिन्न स्थानीय तहमा अभियान सञ्चालन गरिने र आगामी वर्षभित्र सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने मन्त्रीको प्रतिबद्धता छ । कानूनी विवादमा परेका बालबालिकाका लागि थप बाल सुधार गृह निर्माण र विद्यमान सुधार गृहहरूको व्यवस्थापनका लागि बजेट छुट्याइएको छ । ज्येष्ठ नागरिकको अनुभवलाई उपयोग गर्न राष्ट्रिय ज्येष्ठ नागरिक ज्ञान बैंक निर्माण गर्ने कार्यक्रम समेत बजेटमा समावेश छ ।

मन्त्री वादीकाअनुसार मन्त्रालयले सीमान्तकृत समुदायको सशक्तीकरणका लागि प्रदेश तहमा २१ करोड ६८ लाख र स्थानीय तहमा ७६ करोड ३ लाख रुपैयाँ अनुदान पठाउने व्यवस्था गरेको छ। सामाजिक सुरक्षा प्रणालीलाई थप व्यवस्थित बनाउन र सबै श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन मन्त्रालय प्रतिवद्ध रहेको उहाँले बताउनु भयो ।

महिला, बालबालिका र सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्न तीनै तहका सरकार र सरोकारवाला निकायबीच समन्वय र साझा प्रतिवद्धता आवश्यक रहेकोमा मन्त्री वादीले जोड दिनुभयो । प्रश्तावित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनबाट नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।