४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

यार्सागुम्बा र हिमाली जडीबुटी प्रवद्र्धनमा सरकारी पहल

यार्सागुम्बा र हिमाली जडीबुटी प्रवद्र्धनमा सरकारी पहल
अ+ अ-

काठमाडाैँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यार्सागुम्बासहित हिमाली जडीबुटीको संरक्षण, प्रवद्र्धन र बजारीकरणका लागि सरकारबाट आवश्यक पहल भइरहेको बताउनुभएको छ ।

सङ्घीय संसद् प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले यार्सागुम्बालगायत जडीबुटीको व्यवस्थित सङ्कलन, सुरक्षा, बिमा, प्रशोधन केन्द्र स्थापना, मूल्यको सुनिश्चित र बजार पहुँच विस्तारमा सरकार केन्द्रित रहेको बताउनुभयो ।

उहाँले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि जडीबुटी विकास कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तह, प्रदेश सरकार र सरोकारवालासँग समन्वय भइरहेको बताउनुभयो । कैलालीमा वन अतिक्रमण हटाउने क्रममा ट्याम्पो भिरबाट खसालिएका घटनाका सम्बन्धमा मन्त्री चौधरीले सत्यतथ्य छानबिन गरी कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार, प्रदेश वन निर्देशकको संयोजकत्वमा जाँचबुझ तथा छानबिन समिति गठन गरिएको छ । राष्ट्रसेवक कर्मचारीले आफूलाई जनताको सेवकका जिम्मेवार र उत्तरदायी भएर काम गर्नुपर्ने आवश्यता औँल्याउँदै मन्त्री चौधरीले राज्य सम्पत्तिको संरक्षण र व्यवस्थापनमा पनि जिम्मेवार हुन निर्देशन दिनुभयो । मन्त्री चौधरीले नेपाली चिया निर्यातमा देखिएको अवरोधप्रति सरकार गम्भीर रहेको जानकारी दिँदै विगत झैँ सहज रूपमा चिया निर्यात हुने वातावरण बनाउन मन्त्रालयले आवश्यक पहल गरिरहेको बताउनुभयो ।

उहाँले चिया उद्योगीले भोगिरहेका समस्या समाधानका लागि प्राविधिक तथा कूटनीतिक दुवै तहमा छलफल भइरहेको र संवाद सकारात्मक दिशातर्फ अघि बढिरहेका बताउनुभयो । मन्त्री चौधरीले विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदले दिएका सुझाव र परामर्शले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।