२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका–इरान सम्झौता घोषण पछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु



अ+ अ-

काठमाडाैँ । अमेरिका र इरान बीच भएकोे सम्झौताको घोषणा पछि लेबनानबाट विस्थापित भएका परिवारहरू सावधानीपूर्वक आफ्नो घर फर्कन थालेको संयुक्त राष्टसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले बताएको छ ।

विज्ञप्ति जारी गर्दै ओसिएइचएले दक्षिण लेबनानमा लगभग दुई हजार ७०० मानिसहरूले सोमबार सामूहिक आश्रयहरू छोडेर आफ्नो थात–थलो फर्किएको जनाइएको छ । सामूहिक रुपमा आश्रयमा बसोबास गदै आएका विस्थापित व्यक्तिहरूको सङ्ख्या विगत चार दिनमा लगभग दश हजारले घटेर शुक्रबार लगभग एक लाख ३४ हजार पुगेको जनाइएको छ ।

लेबनानमा आइतबार देखि हिंसाको तीव्रता घटेको भए पनि दक्षिणी लेबनानमा निरन्तर घटनाहरूको रिपोर्ट गरिएको छ । जसले बासिन्दाहरूको घर फर्किने र स्वतन्त्र रूपमा आफ्नो वास–स्थानमा सर्ने क्षमतालाई प्रत्यक्ष असर पारेको जनाइएको छ । यसरी मानिसहरु आ–आफ्नो वासस्थान फर्किरहेको अवस्थामा जमिन मुनि राखिएका हतियारको उपस्थिति एक प्रमुख चिन्ताको विषय बनेको जनाइएको छ ।

यस सन्दर्भमा, ओसिएइचएले नागरिकहरूको सुरक्षा र दिगो मानवीय सहायताको सुरक्षित, स्वैच्छिक फिर्ती सुनिश्चित गर्न आफ्नो आह्वानलाई नवीकरण गरेको छ ।