७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफू भारतीय नागरिक नभएको सांसद देवेन्द्रराज कँडेलको दाबी



अ+ अ-

काठमाडौं । भारत, उत्तर प्रदेशको ठुठीबारीस्थित राधादेवी इन्टर कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा नेपालका पूर्वगृहराज्यमन्त्री तथा बहालवाला सांसद देवेन्द्रराज कँडेलले आफू भारतीय नागरिक नभएको दाबी गरेका छन् । ठुठीबारीका पूर्वग्रामप्रधान राजेश सिंहलाई चुनावमा हराएर अध्यक्ष बनेका कँडेल उर्फ ‘मुन्नाबाबु’ को विषयमा समाचार छापिएको तेस्रो दिन बुधबार उनले कांग्रेस पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेका थिए ।

समाचार छाप्ने नयाँ पत्रिकालाई खबर नगरी आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘म नेपाली नागरिकका रूपमा भारतीय कलेजको सञ्चालक समितिको चुनाव लडेको हुँ, म भारतीय भए सजाय भोग्न तयार छु ।’ तर, गैरभारतीयले भारतमा गएर कसरी चुनाव लड्न सक्छ भन्ने उनले स्पष्ट पारेनन् । भारतीय नागरिक नभएसम्म भारतमा निर्वाचन लड्न त्यहाँको संविधान र कानुनले निषेध गरेको छ ।

त्यति मात्र होइन, उनले निर्वाचित भएपछि अध्यक्षका रूपमा शपथ खाँदै आफू ३३ कसैयारोड बेतियाहाता, जनपद, गोरखपुरनिवासी भएको भन्दै सो विवरण झुटो भए भारतीय कानुनअनुसार कारबाही भोग्न तयार रहेको कागजमा हस्ताक्षर गरेका थिए । तर, बुधबार आयोजित पत्रकार सम्मेलनमा भने उनले सो ठेगाना आफ्नो साथीको घर भएको र पत्राचारका लागि पनि मात्र उल्लेख गरेको बताए ।

गोरखपुरनिवासी भएको बताएर भारतमा सपथ खाएका कँडेलले यता पत्रकार सम्मेलन गर्दा भने सो ठेगाना साथीको घरमात्र भएको दावी गरेका छन् । यसरी उनले दुवै देशलाई अन्धकारमा राख्न खोजेका छन् । त्यतिमात्र होइन, ‘मुन्नाबाबु’ को रुपमा उनले भारतको स्वतन्त्रता दिवसमा भारतीय झण्डा नै पृष्ठभुमीमा राखेर शुभकामना दिने गरेका छन् । ।

उनीविरुद्ध भारतमा अपहरणको मुद्धा पनि छ । त्यस्तो समाचार छाप्ने पत्रिकाविरुद्ध आफु कानुनी उपचारमा जाने चेतावनी पनि कँडेलले दिएका छन् । नयाँ पत्रिका दैनिकबाट