४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आफू भारतीय नागरिक नभएको सांसद देवेन्द्रराज कँडेलको दाबी

आफू भारतीय नागरिक नभएको सांसद देवेन्द्रराज कँडेलको दाबी
अ+ अ-

काठमाडौं । भारत, उत्तर प्रदेशको ठुठीबारीस्थित राधादेवी इन्टर कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा नेपालका पूर्वगृहराज्यमन्त्री तथा बहालवाला सांसद देवेन्द्रराज कँडेलले आफू भारतीय नागरिक नभएको दाबी गरेका छन् । ठुठीबारीका पूर्वग्रामप्रधान राजेश सिंहलाई चुनावमा हराएर अध्यक्ष बनेका कँडेल उर्फ ‘मुन्नाबाबु’ को विषयमा समाचार छापिएको तेस्रो दिन बुधबार उनले कांग्रेस पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेका थिए ।

समाचार छाप्ने नयाँ पत्रिकालाई खबर नगरी आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘म नेपाली नागरिकका रूपमा भारतीय कलेजको सञ्चालक समितिको चुनाव लडेको हुँ, म भारतीय भए सजाय भोग्न तयार छु ।’ तर, गैरभारतीयले भारतमा गएर कसरी चुनाव लड्न सक्छ भन्ने उनले स्पष्ट पारेनन् । भारतीय नागरिक नभएसम्म भारतमा निर्वाचन लड्न त्यहाँको संविधान र कानुनले निषेध गरेको छ ।

त्यति मात्र होइन, उनले निर्वाचित भएपछि अध्यक्षका रूपमा शपथ खाँदै आफू ३३ कसैयारोड बेतियाहाता, जनपद, गोरखपुरनिवासी भएको भन्दै सो विवरण झुटो भए भारतीय कानुनअनुसार कारबाही भोग्न तयार रहेको कागजमा हस्ताक्षर गरेका थिए । तर, बुधबार आयोजित पत्रकार सम्मेलनमा भने उनले सो ठेगाना आफ्नो साथीको घर भएको र पत्राचारका लागि पनि मात्र उल्लेख गरेको बताए ।

गोरखपुरनिवासी भएको बताएर भारतमा सपथ खाएका कँडेलले यता पत्रकार सम्मेलन गर्दा भने सो ठेगाना साथीको घरमात्र भएको दावी गरेका छन् । यसरी उनले दुवै देशलाई अन्धकारमा राख्न खोजेका छन् । त्यतिमात्र होइन, ‘मुन्नाबाबु’ को रुपमा उनले भारतको स्वतन्त्रता दिवसमा भारतीय झण्डा नै पृष्ठभुमीमा राखेर शुभकामना दिने गरेका छन् । ।

उनीविरुद्ध भारतमा अपहरणको मुद्धा पनि छ । त्यस्तो समाचार छाप्ने पत्रिकाविरुद्ध आफु कानुनी उपचारमा जाने चेतावनी पनि कँडेलले दिएका छन् । नयाँ पत्रिका दैनिकबाट