९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बजेटले स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्न मद्दत गर्छ : मन्त्री लिंथेप

बजेटले स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्न मद्दत गर्छ : मन्त्री लिंथेप
अ अ+ अ-

विराटनगर। कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले स्वच्छ, सुखी र समुत्रत प्रदेश निर्माणको दीर्घकालीन सोचलाई सार्थक बनाउने उद्देश्यसहित बजेट ल्याएको बताउनुभएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री लिंथेपले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु ४० अर्ब ४४ करोड ९८ लाखको परिणामूखी हुने विश्वास व्यक्त गर्नुभयो ।

विज्ञप्तिमा आर्थिक विकास, रोजगारी सिर्जना, समन्यायिक वितरण, गरिबी न्यूनीकरण र दिगो पूर्वाधार विकासलाई केन्द्रमा राखी तयार गरिएको बजेटले करिब पाँच प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्ने सरकारको लक्ष्य रहेको उल्लेख छ ।

धनकुटाको चौबिसे क्षेत्रमा आइटी पार्क, मुख्य सहरी क्षेत्रका सडकमा स्मार्ट सिसी टिभी सर्भिलेन्स प्रणाली र सार्वजनिक सवारीसाधनमा जिपिएस प्रणाली जडान जस्ता कार्यक्रम र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।

बहुवर्षीय आयोजनाका लागि कार्यान्वयन, प्रादेशिक सडक सञ्चालन, गुरुयोजना कार्यान्वयन र विपत्र तथा आवासविहीनका लागि ‘कोशी जनता आवास कार्यक्रम’ सञ्चालन, स्थानीय तहको साझेदारीमा फोहोर व्यवस्थापनका लागि पूर्वाधार निर्माणजस्ता कार्यक्रम समावेश गरिएको बताइएको छ ।

प्रमुख राजमार्गसँग जोडिएका सहरमा उज्यालो सहर कार्यक्रम, सार्वजनिक विद्यालयमा रूफटप सोलार कार्यक्रम, जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत घुन्साखोला र सिम्बुवा खेला जलविद्युत् आयोजनामा लगानी, अधुरा आयोजना सम्पत्र गर्ने, निर्वाचन केन्द्र लक्षित मझौला सिँचाइ आयोजना र भूमिगत सिँचाइ कार्यक्रम समेटिएका छन् ।

विसं २०८३ साउनदेखि २०८५ असारसम्म कोशी प्रदेश भ्रमण वर्ष सञ्चालन गरिने, रामधुनीमा प्रादेशिक प्राणी उद्यान स्थापना र हाब्रे (रेडपान्डा) तथा हिउँ चितुवाको संरक्षण गरिने, चियाबारी, फाल्गुनन्द लालीगुराँस र मुन्धुम पदमार्गको विकास तथा केबुलकार र गुप्त बराह मोनोरेलको सम्भाव्यता अध्ययन जस्ता कार्यक्रम समावेश गरिएका छन् ।

प्राविधिक शिक्षामा युवालाई आकर्षण गर्न ‘पढ्दै कमाउँदै कार्यक्रम’, सीमान्तकृत छोरीको शिक्षाका लागि ‘सक्षम छोरी’ कार्यक्रम, १०० वटा सामुदायिक विद्यालयमा डिजिटल बोर्डसहितको प्रविधिमैत्री सिकाइ, विराटनगरको बैजनाथपुरमा प्रादेशिक खेलकुद ग्राम विकास, अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम र किशोरी सशक्तिकरण तथा आत्मरक्षा अभियानजस्ता कार्यक्रम सामाजिक विकासका क्षेत्रमा सञ्चालन गरिने कार्यक्रम बजेटमा उल्लेख छ ।

सम्मेलनमा मन्त्री लिंथेपले प्रदेश मातहतका अस्पताललाई ५० शय्यामा स्तरोत्रति गरिने र प्रमुख अस्पताललाई आइसियु सेवासहित रेफरल अस्पताल बनाइने, मेरो स्वास्थ्य मेरो जिम्मवारी अभियान सञ्चालन र महिलाको पाठेघर तथा स्तन क्यान्सरको स्क्रिनिङ गरिने र १२ वर्षमुनिका लक्षित बालबालिकाको निःशुल्क उपचारजस्ता कार्यक्रममा बजेट विनियोजन गरिएको जानकारी दिनुभएको छ ।

प्राङ्गारिक मलको उत्पादन र विषादीमुक्त खेतीलाई प्रोत्साहन, कृषि कर्जामा ब्याज अनुदान, पशुपन्छीमा लाग्ने खोरेत रोग नियन्त्रण अभियान सञ्चालन, ढाकाखाँडी र अल्लो जस्ता स्थानीय घरेलु उत्पादनलाई प्रोत्साहन र बजारीकरण, रैथानेबाली, व्यावसायिक फलफूल, नगदे तथा मसला बालीको प्रवर्द्धन कार्यक्रमजस्ता कार्यक्रम कृषि क्षेत्रअन्तर्गत बजेटमा समेटिएका छन् ।

समग्रमा यस बजेटले कृषि तथा औद्योगिक उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, गुणस्तरीय स्वास्थ्य सेवा र दिगो पूर्वाधार निर्माण गर्दै प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्यसहित यसको सफल कार्यान्वयनका लागि सरकार सबै सरोकारवाला पक्षबाट निरन्तर सहयोगको अपेक्षा राखेको मन्त्री लिंथेपले बताउनुभयो । रासस