९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सडक पूर्वाधार र यातायात क्षेत्रलाई बजेटमा प्राथमिकताः मुख्यमन्त्री पाण्डे

सडक पूर्वाधार र यातायात क्षेत्रलाई बजेटमा प्राथमिकताः मुख्यमन्त्री पाण्डे
फाइल फोटो
अ अ+ अ-

कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वाधार विकास र यातायात क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर सरकारले आगामी वर्षको बजेट विनियोजन गरेको बताउनुभएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराले आज यहाँ आयोजना गरेको ट्राफिक व्यवस्थापनसम्बन्धी प्रादेशिक समीक्षा गोष्ठी उद्घाटन गर्दै उहाँले सरकारको कुल रु ३२ अर्ब ९९ करोडको बजेटमा सडक पूर्वाधार तथा यातायात क्षेत्रका लागि मात्रै रु ११ अर्ब ९६ करोड विनियोजन गरिएको जानकारी दिनुभयो ।

“पूर्वाधार र यातायात क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ । हाम्रो जस्तो पहाडी भूगोलमा ट्राफिक व्यवस्थापन र सडक सुरक्षा सुहाउँदो बाटो निर्माण जटिल र कठिन भए पनि सडक सुरक्षालाई प्राथमिकतामा राखेका छौँ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

मुख्यमन्त्री पाण्डेले पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानीसम्म जोड्ने पृथ्वीराजमार्ग स्तरोन्नतिपछि अहिले दुर्घटना बढेकाले चालकलाई ट्राफिक र सडक प्रयोगसम्बन्धी ज्ञान दिने कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पृथ्वीराजमार्ग स्तरोन्नति गरेर बाटो ठूलो र फराकिलो बनेपछि दुर्घटना बढेको छ । चालकलाई ट्राफिक नियम र ज्ञान नहुँदा यस्ता घटना घटेका छन् । यसतर्फ प्रहरीले कार्यक्रम ल्याउनुपर्छ ।”

भारतीय पर्यटक आफ्नै गाडीबाट पोखरा आउँदा यहाँको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेकाले यसको व्यवस्थापनका लागि गम्भीर छलफल आवश्यक रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घ मातहतका प्रहरी चौकी निर्माणलाई प्रदेश सरकारले सहयोग गर्दासमेत विनियोजित बजेट स्वीकृतिका लागि गृहमन्त्रालय जाने र त्यहाँबाट अर्थमन्त्रालय हुँदै पुनः गृहमा आएर यहाँ आउनुपर्ने झन्झटिलो प्रक्रियाका कारणले कार्यान्वयन जटिल रहेको छ । यस वर्ष पनि प्रहरी चौकी बनाउन बजेट राखेका छौँ, घुमेर ६ महिनापछि यहाँ फर्केर आउँदा विनियोजन भएको बजेट समेत कार्र्यान्वयन हुन सकेको छैन ।”

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्द नेपालीले सुरक्षित सडक र व्यवस्थित यातायात प्रणाली विकासलाई प्राथमिकता दिइएको बताउनुभयो ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले गण्डकी प्रदेशको यातायातको ८० प्रतिशत घनत्व पोखरामा रहे पनि ट्राफिक व्यवस्थापन गर्ने प्रहरी जनशक्ति न्यून रहेको बताउनुभयो । “पोखराको ट्राफिक व्यवस्थापनका लागि प्रहरी निरीक्षकको दरबन्दी रहेको छ ।  काठमाडौँपछिको व्यस्त सडक पोखरामा ट्राफिक प्रहरीको न्यून दरबन्दी हुँदासमेत काममा कठिनाइ हुने गरेको छ,” आचार्यले भन्नुभयो ।

नेपाल प्रहरी प्रधान कार्यालय कार्यविभागका प्रहरी नायब महाननिरीक्षक अरुण पौडेलले सुरक्षित सडक र ट्राफिक व्यवस्थापनका लागि तीनै तहका सरकारको जिम्मेवारी रहने बताउनुभयो ।

प्रभावकारी तथा परिणाममुखी ट्राफिक व्यवस्थापन, सडक प्रयोगकर्तालाई सुरक्षाको प्रत्याभूति तथा सरोकारवाला निकायहरूबीच सूचना आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसीले बताउनुभयो ।

गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको जेठसम्म ४१६ सवारी दुर्घटनामा २३० जनाको मृत्यु भएको र ३४२ जना गम्भीर घाइते भएको तथ्याङ्क प्रस्तुत गरिएको थियो । दुर्घटनाको मुख्य कारणमा चालकको लापरबाहीका कारणले ३४९ वटा दुर्घटना भएको बताइन्छ ।

जिल्लागत रुपमा सबैभन्दा बढी नवलपरासीमा ११४ वटा दुर्घटना भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराले जनाएको छ । रासस