९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

गेरुवामा निशुल्क लोकसेवा तालिमको समापन

गेरुवामा निशुल्क लोकसेवा तालिमको समापन
अ अ+ अ-

नेपालगञ्ज । बर्दियाको गेरुवा गाउँपालिकामा निशुल्क लोक सेवा तयारी कक्षाको समापन भएको छ ।

गेरुवा गाउँपालिका बर्दियाको सहयोग तथा बास नेपालको सहजीकरणमा लक्षित बर्ग उत्थान कार्यक्रम अन्तर्गत प्रशासन तर्फ चौथो र पाँचौं वा सो सरह लोक सेवा तयारी कक्षाको आईतवार समापन भएको हो ।

३० दिने निशुल्क लोकसेवा तयारी कक्षाको समापन सत्रमा बोल्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले उक्त तालिमबाट सिकेका ज्ञानलाई ब्यवहारमा प्रयोग गर्न सुझाव दिएका थिए ।

स्थानिय युवाहरुलाई लक्षित गरी आयोजना गरिएको तालिमले स्वदेशमै रोजगारी दिलाउन र सरकारी जागिरमा प्रबेश गर्न मद्धत पुग्ने हेतुले आयोजना गरिएको सहभागीहरलाई ईन्गित गर्दै अध्यक्ष केसीले बताए ।

त्यसैगरी कार्यक्रममा बाल्दै लोकसेवा तयारी कक्षा सहजीकरण संस्था बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्थानिय सरकारले आफ्ना युवाहरुलाई स्थानिय स्तरमै लोक सेवाको तयारी कक्षाको ब्यवस्था गरेकामा धन्यवाद दिए । गाँउबाट त्यहि कक्षा लिन देशका बिभिन्न शहरमा गएर पढ्नु पर्ने बाध्यताको अन्त्य गरी आफ्नै गाउँठाउँमा पढ्न पाउनु सहभागीहरुको लागि अवसर भएकाले यो अवसरको सही सदुपयोग गर्न सहभागीहरुलाई सुझाए ।

सहभागी बिद्यार्थीहरुको तर्फबाट प्रतिक्रिया भनाई राख्दै सनिश थारुले आफ्नै गाउँमा पढ्न पाउने वातावरण उपलब्ध गराएकोमा आयोजक संस्थालाई धन्यवाद दिए । तालिम बाट लोकसेवाको लागि महत्वपुर्ण टिप्सहरु प्राप्त भएकोमा खुशी ब्यक्त गरे ।

तालिमका सहभागीहरुलाई पालिका पालिका अध्यक्ष, उपाध्यक्ष बाट प्रमाणपत्र र लोकसेवाका किताबहरु बितरण गरिएको थियो ।

गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह केसीको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा गेरुवा गाउापालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, सामाजिक बिकास संयोजक तथा गेरुवा गाउापालिका वडा नम्बर ३ का अध्यक्ष निमृल कुमार चौधरी, बास नेपालका केन्द्रीय महासचिव कलपना अधिकारी, कार्यकारी निर्देशक नमस्कार शाह, गेरुवा गाउँपालिकाका लेखा अधिकृत सुदिप सिग्देल लगायतको सहभागीता रहेको थियो ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत गरेको कार्यक्रमको सञ्चालन गेरुवा गाउँपालिकाका महिला बालबालिका तथा जेष्ट नागरिक शाखा प्रमुख रमा पुन मगरले सञ्चालन गरेकी थिईन् ।