४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

विवेकशीलका चर्चितहरु बाहिरिएपछि नयाँले ठाँउ पाए

विवेकशीलका चर्चितहरु बाहिरिएपछि नयाँले ठाँउ पाए
अ+ अ-

काठमाडौं । विववेकशील नेपाली दलको २८ असोजमा सम्पन्न महाधिवेशनबाट निर्वाचित संघीय नयाँ कार्यसमितिमा यसअघि चर्चामा रहेका नेता बाहिरिएका छन् । निवर्तमान अध्यक्ष उज्वल थापा, प्रदेश ३ प्रदेशसभा सांसदद्वय रमेश पौड्याल र विराजभक्त श्रेष्ठ, रञ्जु दर्शना र पुकार बम महाधिवेशनमा कुनै पदमा पनि उम्मेदवार बनेनन् । ६ पदाधिकारीसहित १० खुला सदस्य, आठ महिला सदस्य, आठ समावेशी सदस्य र दुई युवा सदस्य गरी ३४ पदका लागि भएको निर्वाचनमा उनीहरूले प्रतिस्पर्धा गरेनन् ।

निवर्तमान अध्यक्ष थापाले महाधिवेशनअघि नै आफू अध्यक्षमा पुनः नउठ्ने सार्वजनिक घोषणा गरेका थिए । अघिल्लो कार्यसमितिमा प्रवक्ता रहेका प्रदेश सांसद पौड्यालले कार्यकारी पदमा नबसेरै पार्टीमा काम गर्न सकिन्छ भन्ने सन्देश दिन नयाँ कार्यसमितिमा नआएको बताएका हुन् । ‘महाधिवेशनबाट आएको नयाँ कार्यसमितिमा उज्वल थापा, म, विराजभक्त श्रेष्ठलगायत साथी छैनौँ, यो असन्तुष्टिका कारण होइन,’ पौड्यालले भने, ‘पार्टीको कार्यकारी पदमा नबसेरै पनि काम गर्न सकिन्छ नि ।’

नवनिर्वाचित अध्यक्ष मिलन पाण्डेले नयाँ अनुहारलाई स्थापित गर्नका लागि पुराना नेताले उम्मेदवारी नदिएको दाबी गरे । ‘पुराना चर्चित नेता हामीसँगै हुनुहुन्छ, उहाँहरूले नयाँ अनुहारलाई प्रतिस्पर्धाबाट माथि आउन दिन उम्मेदवारी नदिनु भएको हो,’ पाण्डेले भने, ‘उहाँहरूलाई केन्द्रीय समितिमा ल्याउने हामीसँग ठाँउ बाँकी छन् । हामीले उहाँहरूलाई केन्द्रीय समितिमा फेरि ल्याउनेछौँ ।’ ९९ सदस्यीय संघीय कार्यसमितिमा खुला प्रतिस्पर्धाबाट निर्वाचित पदाधिकारी र सदस्यसहित ३४ जनाबाहेक ४० जना आठ प्रदेशबाट पाँचजनाका दरले चुनिने विधानमा व्यवस्था छ ।

विदेश समितिलाई पनि प्रदेशकै मान्यता दिइएको छ । प्रदेश समितिका अध्यक्ष र उपाध्यक्ष स्वतः केन्द्रीय सदस्य हुन्छन् । बाँकी तीनजना प्रदेश समितिको निर्वाचनका वेला केन्द्रीय समितिमा निर्वाचित हुनेछन् । यसबाहेक २५ सदस्य केन्द्रीय समितिले मनोनयन गर्ने व्यवस्था छ । विधानमा भएका यी व्यवस्थाबाटै छुटेका नेतालाई समेटिने पाण्डेले बताए ।

निर्वाचित कार्यसमितिको पहिलो बैठक
महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक बुधबार बसेको छ । बैठकले पार्टी निर्माण भएपछिको सात वर्षको उतारचढावबारे नागरिकसँग क्षमा माग्ने निर्णय गरेको अध्यक्ष पाण्डेले जानकारी दिए । नेपालमा पहिलोपटक पार्टीले जनतासँग क्षमायाचना गरेको पाण्डेले दाबी गरे ।

बैठकले १४ मंसिरमा हुने उपनिर्वाचनमा उम्मेदवार छान्न पार्टीका निजी सचिव सञ्जीव भट्टराईको संयोजकत्वमा समिति बनाएको छ । समितिको सिफारिसका आधारमा उम्मेदवार चयन गरिने पाण्डेले बताए । नयाँ पत्रिका दैनिकबाट