४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

दुर्घटनाको क्षतिपूर्ति निर्माण व्यवसायीबाटै भराउन रञ्जु दर्शनाको माग

दुर्घटनाको क्षतिपूर्ति निर्माण व्यवसायीबाटै भराउन रञ्जु दर्शनाको माग
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु न्यौपानेले भौतिक पूर्वाधार निर्माणमा पारदर्शिता र ठेकेदारको जवाफदेहिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद न्यौपानेले विकास निर्माणका कार्यमा हुने ढिलासुस्ती र लापरवाहीका कारण हुने मानवीय क्षतिको जिम्मेवारी ठेकेदारले नै लिनुपर्ने बताउनु भयो । सांसद न्यौपानेले समयमै ठेक्का सम्पन्न नहुँदा हुने सडक दुर्घटना र त्यसबाट हुने मृत्यु वा घाइतेको उपचार खर्च सम्बन्धित ठेकेदारबाटै असुलउपर गर्ने कानूनी व्यवस्था गर्न प्रस्ताव गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘समयमै ठेक्का सम्पन्न नभएका कारण जहाँ दुर्घटना हुन्छ र मानवीय क्षति हुन्छ, त्यस्ता घटनामा घाइते भएका व्यक्ति र उनका परिवारलाई सम्बन्धित ठेकेदारबाटै क्षतिपूर्ति भराउने व्यवस्था गर्न मतदाताहरूको माग छ ।’

ठेकेदारकै गल्तीका कारण हुने दुर्घटनामा घाइते भएकाहरूको उपचार खर्चको अभाव हुने गरेको भन्दै उहाँले यस विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । यस्तै, सांसद न्यौपानेले मन्त्रीहरूले दिने कतिपय सार्वजनिक अभिव्यक्तिहरूका कारण जनप्रतिनिधिहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा जनताका प्रश्नको सामना गर्न कठिन भइरहेको बताउनु भयो ।

मन्त्रीहरूका टिप्पणीका विषयमा स्थानीय स्तरमा धेरै सोधखोज हुने गरेको भन्दै उहाँले कार्यशैली र अभिव्यक्तिमा गम्भीरता अपनाउन आग्रह गर्नुभयो ।