२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै मंगलबारको बैठकमा बोल्दै उहाँले बजेटका महत्वपूर्ण दस्तावेजहरू अध्ययनका लागि पर्याप्त समय नदिइएको भन्दै संसदमा हुने बजेट छलफल कर्मकाण्डी मात्र भएको टिप्पणी गर्नुभयो ।

प्रमुख सचेतक ओलीले १८ वटा मन्त्रालयका विकास कार्यक्रमका पुस्तिकाहरू दुई दिनभित्रै अध्ययन गरेर खर्च कटौतीको प्रश्ताव तयार पार्न भनिनु अव्यवहारिक भएको बताउनु भयो ।

पूर्वाधार विकास मन्त्रालयको सन्दर्भमा बोल्दै सांसद ओलीले मदन भण्डारी, पुष्पलाल मध्यपहाडी, हुलाकी राजमार्ग र सुरुङ मार्गजस्ता रणनीतिक आयोजनालाई निरन्तरता दिनु सकारात्मक भएपनि कार्यान्वयन पक्ष फितलो रहेको औंल्याउनु भयो । दशकौँदेखि बजेट विनियोजन हुने तर ५० प्रतिशत पनि काम नसकिने परिपाटीको अन्त्य हुनुपर्ने उहाँको माग थियो ।

उहाँले सडक मर्मतसम्भार, जलवायुमैत्री पूर्वाधार र दुर्घटना न्यूनीकरणका लागि स्पष्ट ब्लुप्रिन्ट नभएकोमा पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयतर्फ चर्चा गर्दै ओलीले कुल बजेटको जम्मा ०.१८ प्रतिशत मात्र बजेट विनियोजन गरिएकोमा आपत्ति जनाउनु भयो ।

सरकारले एआई, रोबोटिक्स र स्पेस टेक्नोलोजीका ठूला कुरा गरे पनि स्थानीय तहमा नवप्रवर्तनका लागि शुन्य बजेट राखेको र वैज्ञानिकहरूलाई स्वदेशमै राख्ने ठोस योजना नभएको उहाँको तर्क थियो । उहाँले राष्ट्रिय एआई नीति र डेटा सुरक्षा नीति अविलम्ब ल्याउन माग गर्नुभयो ।

ऊर्जा क्षेत्रमा प्रशारण लाइन विस्तार र भारततर्फको निर्यात रणनीति सकारात्मक देखिए पनि आन्तरिक खपत बढाउने ठोस योजना नभएको उहाँले बताउनु भयो । वाह्य बजारको नीति परिवर्तन भएमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै वैकल्पिक ऊर्जा सुरक्षा रणनीति तयार पार्न उहाँले सरकारलाई आग्रह गर्नुभयो ।