२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

आप्रवासी कामदारको हितमा कतार सरकार

आप्रवासी कामदारको हितमा कतार सरकार
अ अ+ अ-

काठमाडौँ । न्युनतम ज्यालामा वृद्धि भएयता कतारमा तीन लाखभन्दा बढी आप्रवासी कामदारको ज्यालामा एक हजार रियालभन्दा बढीले बढोत्तरी भएको छ । प्रतिमहिना एक हजारभन्दा कम आम्दानी भएका श्रमिकको तलब १८ सय रियाल पुगेको छ । खाना बस्नको राम्रो व्यवस्था भएमा कम्पनीले महिनावारी एक हजार तलब दिने नत्र १८ सय तलब दिनै पर्ने व्यवस्था लागू भएको छ। 

कतारको श्रम मन्त्रालयले निकालेको एक रिपोर्अनुसार, यो व्यवस्था लागू भएपछि एक हजार रियालभन्दा कम तलब पाइरहेका तीन लाख आठ हजार १४६ जनाले १८ सय रियाल तलब पाउन थालेका छन् । 

कोरोना महामारीको समयमा कामदारहरूलाई काम तथा आम्दानीमा कमी नआओस् भनेर कतार सरकारले अनलाइनमार्फत जागिर परिवर्तन गर्न सकिने गरी अनलाइन वेब पोर्टल तयार पारेको थियो । जसमार्फत दुई लाख ४२ हजार ८७० जनाले कम्पनी परिवर्तन गरी काम सुचारू गरेका थिए । मन्त्रालयद्वारा जारी रिपोर्टमा भनिएको छ, “कामदारको सहुलियतका लागि कम्पनीले कन्ट्र्याक्ट समाप्त भएको सूचनादेखि नयाँ भर्तीसम्मका सबै सूचना अनलाइनमार्फत नै दिइएको थियो । अनलाइन फर्म भरेर कम्पनी परिवर्तन गर्न चाहने ९९ हजार जनाको अनुरोध भने विविध कारणले अस्वीकृत भएको थियो ।”
 
आगामी वर्ष २०२२ को नोभेम्बर–डिसेम्बरमा फुटबल खेलको महामेला आयोजना गर्न लागेको कतारले अप्रिल २०१८ देखि नै आइएलओको अफिस राजधानी दोहामा राख्न दिएर सँगै काम गर्न थालेको हो । हुन त आइएलओको अफिस खुल्नुअघनि नै कतारले आप्रवासी कामदारसम्बन्धी नीति नियममा परिमार्जन गर्न थालिसकेको थियो । आइएलओसँगको सहकार्यपछि भने कतार सरकार आप्रवासी कामदारको हकमा गल्फ राज्यमध्येकै सुधारवादी राज्य बन्न सफल भएको छ । 

कतार सरकारले घरेलु कामदारको हकमा गरेका सुधार तथा प्रयासबारे कतारी श्रम मन्त्रालयको रिपोर्ट भन्छ, “कतार सरकारले घरेलु श्रमिकको हकका लागि कानूनमा सुधार गरेको छ । उनीहरूका लागि मानक रोजगारी सम्झौता गरेर अधिकारका लागि सचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्ने कार्यक्रम कतार सरकारले तय गरेको छ ।” घरेलु कामदारलाई अन्य कामदार झैँ व्यवहार गर्ने, सेवा सुविधा प्रदान गर्ने, आराम तथा बसोवासको व्यवस्था गर्नेलगायत उनीहरूलाई काम चित्त नबुझेको खण्डमा रोजगारदाता परिवर्तन गर्नसक्ने अधिकार कतार सरकारले प्रदान गरेको छ ।  कतारी श्रम कानूनले तय गरेका अधिकार प्रयोग गरेर श्रम मन्त्रालयले गुनासो टिपाउनका लागि छुट्टै हटलाइनको व्यवस्था गरेको छ भने काम नै गर्न नसक्ने अवस्थामा रहेकाहरूका लागि सेल्टरको व्यवस्था गरिएको छ । 

कतार सरकार पछिल्लो समय नेपालबाट घरेलु श्रमिक लैजाने योजनामा छ । कतारमै झण्डै चार लाख नेपाली घरेलु कामदारसहित विभिन्न क्षेत्रमा कार्यरत छन् ।