४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ

ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
अ+ अ-

काठमाडाैँ । नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सडक पूर्वाधारको संरक्षण तथा सडक दुर्घटना न्यूनीकरणका लागि ओभरलोड  नियन्त्रणलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै बानियाँले सडक तथा पुल निर्माणमा राज्यले गरेको ठूलो लगानी ओभरलोडका कारण छोटो समयमै खेर गइरहेको बताएका हुन्। उनले सडक पूर्वाधारको दीर्घकालीन संरक्षणका लागि सबैभन्दा पहिले ओभरलोड नियन्त्रणमा केन्द्रित हुनुपर्ने धारणा राखे।

उनका अनुसार बुटवल–नारायणगढ सडकखण्डका केही पुलहरू ओभरलोडकै कारण क्षतिग्रस्त भएका छन्। “पूर्वाधार बचाउने हो भने ओभरलोडलाई कडाइका साथ नियन्त्रण गर्नुपर्छ,” उनले भने।

बानियाँले बुटवल–हेटौंडा सडकखण्डको उदाहरण दिँदै उच्च गुणस्तरको मापदण्डअनुसार निर्माण गरिएको सडक पनि केही महिनामै बिग्रिन थालेको उल्लेख गरे। यसको प्रमुख कारण क्षमताभन्दा बढी भार बोकेर सञ्चालन हुने सवारी साधन रहेको उनको भनाइ थियो।

उनले नेपालका सडकमा ओभरलोड समस्या रहिरहेसम्म सडक र पुलको आयु घट्दै जाने तथा राज्यको लगानी जोखिममा पर्ने चेतावनी दिए। विभिन्न दातृ निकाय र मित्रराष्ट्रहरूको सहयोगमा निर्माण गरिएका पूर्वाधारहरू समेत ओभरलोडका कारण छिट्टै जीर्ण बन्दै गएको उनले बताए।

बैठकमा बानियाँले भारतीय सवारी साधनको सञ्चालन व्यवस्थापनतर्फ पनि ध्यानाकर्षण गराए। नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनहरूले ७२ घण्टासम्म देशभित्र आवतजावत गर्न पाउने व्यवस्थाको दुरुपयोग भइरहेको उनको भनाइ थियो। उनले भारतीय सवारी साधनहरूलाई प्रवेश गरेको नाकाबाटै बाहिरिने व्यवस्था प्रभावकारी रूपमा लागू गर्नुपर्ने सुझाव दिए।

भारतीय सवारी साधनबाट हुने ओभरलोड र तीव्र गतिका कारण नेपालका सडकमा दुर्घटनाको जोखिम बढेको उल्लेख गर्दै उनले ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे।

उनले सडक पूर्वाधारको सुरक्षा, दुर्घटना न्यूनीकरण र यातायात क्षेत्रको व्यवस्थित सञ्चालनका लागि ओभरलोड नियन्त्रणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए।