४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेकपा र राजमोबीच उपनिर्वाचनमा तालमेलको सहमति हुँदै

नेकपा र राजमोबीच उपनिर्वाचनमा तालमेलको सहमति हुँदै
अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपा र नेकपा मसाल समर्थित राष्ट्रिय जनमोर्चाले १४ मंसिरको उपनिर्वाचनमा प्रतिनिधसभा र प्रदेशसभामा तालमेल गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच चुनावी तालमेल गरेर जाने विषयमा सहमति भएको हो । ‘पहिले जसले जुन क्षेत्रमा निर्वाचन जितेको छ, ती निर्वाचन क्षेत्र त्यही पार्टीले लिने गरी सहमति भएको छ,’ अध्यक्ष केसीले भने, ‘यो सहमतिअनुसार अब हामी छिट्टै उम्मेदवारको नामावली टुंग्याउँछौँ ।’

तीन सिटमा नेकपा, एक सिटमा जनमोर्चा
दुई पार्टीले चार सिटमध्ये तीन सिट नेकपा र बाँकी एक सिट राष्ट्रिय जनर्मोचाले लिनेगरी सहमति गरेका छन् । यो सहमतिअनुसार प्रतिनिधसभाअन्तर्गत कास्की क्षेत्र नं‍ २, प्रदेशसभाअन्तर्गत दाङ ३ (ख), भक्तपुर १ (ख) मा राष्ट्रिय जनर्मोचाले नेकपाको उम्मेदवारलाई सहयोग गर्नेछ । तीमध्ये कास्कीमा संघीय संसदको प्रतिनिधिसभा र बाँकीमा प्रदेशसभाको निर्वाचन हुनेछ ।

बाग्लुङ २ (ख) मा प्रदेशसभाको उपनिर्वाचन हुनेछ । ती क्षेत्रमध्ये कास्की २ बाट नेकपाका सांसद तथा बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा १५ फागुनमा निधन भएको थियो । दाङ ३ (ख) बाट प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको कार दुर्घटनामा निधन भएको थियो । भक्तपुर १ (ख) बाट निर्वाचित हरिशरण लामिछानेको उच्च रक्तचाप बढेपछि उपचारका क्रममा निधन भएको थियो ।

बाग्लुङबाट जनमोर्चाका तीन उम्मेदवार सिफारिस
बाग्लुङ–२ (ख)का लागि जनमोर्चाका जिल्ला कमिटीले एक महिलासहित तीन उम्मेदवारको नाम पार्टी केन्द्रमा सिफारिस गरिसकेको अध्यक्ष केसीले जानकारी दिए । सिफारिसमा परेका धर्म कुँवर, सुना घर्तीमगर र खगेन्द्र शाहीमध्येबाट जनमोर्चाले उम्मेदवार उठाउने तयारी गरेको छ । ‘तीनमध्ये एकजनाको नाम २१ गते मनोनयन दर्ता गर्नेगरी पार्टीले निर्णय गर्छ,’ केसीले भने । सांसद टेकबहादुर घर्तीको जन्डिसका कारण निधन भएपछि सो निर्वाचन क्षेत्र रिक्त भएको थियो ।

भेटमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई तथा राजमोका महासचिव जनकराज शर्मा, सचिव हिमलाल पुरी र पूर्वसचिव कृष्ण अधिकारी सहभागी थिए । भेटमा प्रधानमन्त्री ओलीले वामपन्थी आन्दोलनलाई बलियो बनाउन वाम दलबीच सहकार्यको आवश्यकता औँल्याएका थिए । त्यस्तै, केसीले गणतन्त्रका उपलब्धि जोगाएर जान वाम शक्ति एकजुट भएर अघि बढ्नुपर्ने सुझाब दिएका थिए । नयाँ पत्रिका दैनिकबाट