२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यालरी बैठक भवनलाई सांस्कृतिक र पुरातात्विक स्वरूपमै पुनर्निर्माण गरिनुपर्छः सांसदहरू



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सभाका सांसदहरूले ग्यालरी बैठक (पुरानो संसद भवन) सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने गरी पुनर्निर्माण गर्नुपर्ने जोड दिएका छन् ।
मंगलवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन् ।

ग्यालरी बैठक भवनमा रहेका ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक डिजाइन र चित्रकलासहित पुनर्निमाण गरिनुपर्ने उनीहरुको भनाइ छ । नेकपा (एमाले)का सांसद सोमनाथ पोर्तेलले ऐतिहासिक ग्यालरी बैठक (पुरानो संसद भवन)को पुनर्निर्माण तथा प्रबलिकरण कार्यमा आवश्यक मापदण्ड पूर्ण रूपमा पालना नभएको आशंका व्यक्त गर्नुभयो ।

उहाँले पुरातत्व विभाग, सम्बन्धित निकाय तथा अभिलेखालयका आफूले ग्यालरी बैठकका सम्बनधमा छलफल गरेको उल्लेख गर्दै पुरातात्विक संरक्षणमा केही कमजोरी देखिएको बताउनु भयो ।

उहाँले आधुनिक भवन निर्माण र पुराना ऐतिहासिक भवनको प्रबलिकरण फरक भएको विषय भएको भन्दै पुनर्निर्माण वा प्रबलिकरणका क्रममा अपनाउनुपर्ने प्राविधिक तथा संरक्षणसम्बन्धी मापदण्डहरू पूर्ण रूपमा पालना गर्नुपर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले अस्ति भर्खरै पुरातत्व विभागसहित यहाँहरुसँग छलफल गरेका थियौँ । पछि हामीले अभिलेखालयको प्रमुखसँग छलफल गर्दा ग्यालरी बैठक (पुरानो संसद भवन)मा जुन हिसाबले काम हुनुपथ्र्यो त्यसमा अलि अलि कमजोरी भइरहेको छ भन्ने आयो । हामीले जुन पुरातात्विक कुराहरु जोगाउनुपर्ने हो त्यसमा समस्या भइरहेको छ । आधुनिक भवन निर्माण गर्ने र पुराना भवनहरुको प्रबलिकरण गर्ने विषय अलि फरक हो । त्यो विषयमा पुनर्निमाण गर्दा वा प्रबलिकरण गर्दा अपनाउनुपर्ने मापदण्डहरु अपनाइरहेका छैनौँ कि भन्ने प्रश्न उठेको छ । यस सम्बन्धमा पुरातत्व विभागसँग थप समन्वय होस् भन्ने मेरो कुरा हो ।’

नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले ग्यालरी बैठक भवन निर्माण कार्य शुरु भएको ९ वर्षसम्म समेत सम्पन्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सन् २०१७ देखि २०२६ सम्म आइपुग्दा पनि भवन निर्माण कार्य सम्पन्न हुन नसक्नु दुःखको विषय भएको भन्दै सरोकारवाला सबैको ध्यान जान आवश्यक रहेको बताउनु भयो । सांसद थापाले भवन निर्माणमा ऐतिहासिक मौलिकता कायम राख्न सक्ने दक्ष आर्किटेक्टको आवश्यकता औँल्याउँदै नेपालमै त्यस्तो क्षमता नभए विदेशबाट विशेषज्ञ ल्याएर भएपनि काम सम्पन्न गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सन् २०१७ सालदेखि २०२६ सालम्म आइपुग्दा यति लामो समयसम्म पनि यो बैठक किन बन्न सकेन ? सिंहदरबारका जतिपनि संरचनाहरु छन्, ती सबैमध्ये पहिलो प्राथमिकता त यही भवनलाई दिएको भन्ने पनि सुनेको थिएँ । अर्को कुरा, जुन प्रकारको ऐतिहासिक डिजाइनज यो भवनमा राख्नुपर्ने हो त्यसप्रकारको क्षमता भएका आर्किटेक्टरहरु यो नेपालमा पाइन्छ कि पाइँदैन ? विदेशबाट ल्याउनुपर्ने भए ल्याएर यो काम गर्नुपर्छ । जो पायो त्यहीले यो काम गर्न सक्दैन ।’

नेपाली कम्युनिष्ट पार्टीकी सांसद गोमादेवी तिमिल्सिनाले पुरानो संसद भवनको जीर्ण भाग भत्काउन नहुनेमा जोड दिनुभयो । उहाँले विगतमा समेत धेरै पटक उक्त एतिहासिक भवनको सामानहरु लैजाने उद्देश्यले भत्काउने प्रयास गरिएको भएपनि समितिले उक्त कार्य रोकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो बैठक भवनलाई भत्काउन यही समितिले जोगाएको हो, त्यसमा हामी गर्व गर्छौँ । खासमा हाम्रो इतिहास जोगियोस् भन्ने नै हाम्रो माग हो ।’ बैठकमा बोल्ने अधिकांश सांसदहरुले ग्यालरी भवनलाई अपांगमैत्री र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।