४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सरकारले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनका लागि प्राथमिकता नदिनु अत्यन्तै दुःखद् छः रमेश मल्ल

सरकारले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनका लागि प्राथमिकता नदिनु अत्यन्तै दुःखद् छः रमेश मल्ल
अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले सरकारले संक्रमणकालीन न्यायको बाँकि कामलाई टुंगोमा पु¥याउने विषयलाई प्राथमिकता नदिनु दुःखद् भएको टिप्पणी गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको विभिन्न शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै उहाँले उक्त कुरा बताउनुभएको हो ।

सांसद मल्लले संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउने विषयमा सरकारले विगतमा वर्षहरुमा भन्दा पनि धेरै न्यून बजेट विनियोजन गरेबाट सरकारले गर्छ भन्नेमा आशंका उत्पन्न गराएको दाबी समेत गर्नुभयो । सांसद मल्लले सरकारले कानूनमा सबै नागरिकको पहुँच पु¥याउने विषयमा पनि ध्यान नदिएको कुरा विनियोजन बजेटले देखाएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘संक्रमणकालीन न्यायको अवस्था अझै गम्भिर छ । नेपालको शान्ति प्रक्रिया विशिष्ट, मौलिक र ऐतिहासिक पनि छ । जसले नेपालको सिंगो राजनीतिक नक्शा बदल्नका लागि महत्वपूर्ण भूमिका खेल्यो । त्यो बलिदानीपूर्ण संघर्षबाट आएको यो संक्रमणकालीन न्यायको प्रक्रिया अझै पनि पूरा भइसकेको स्थिति छैन । त्यसका निम्ति वेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप कोष स्थापनाका निमित्त सरकारले जम्मा ९ करोड दश लाख मात्रै छुट्टयाएको छ । जबकी अघिल्लो दुई वटा बजेटलाई हेर्दाखेरी क्रमश एक एक अर्व पैसा छुट्टयाइएको थियो । र, म सरकारलाई के भन्न चाहन्छु भने–कि तपाईहरुले यो बीचमा यो कुरालाई प्राथमिकतामा राख्नु भएको छैन भने कृपया मैले गम्भिरतापूर्वक निवेदन गर्न चाहन्छु कि माननीय अर्थमन्त्रीज्यू यहीँ हुनुहुन्छ । कम्तिीमा यो समयमा यो प्रक्रियालाई तपाईहरुले अगाडि बढाउनु पर्दछ । यो राष्ट्रको दायित्व हो । जुन दायित्व तपाईहरुको काँधमा आईपुगेको छ । र यो प्राथमिकतामा भएन कि भन्ने आशंका जन्माएको छ । कानूनको शासन, न्यायमा पहुँच, मानव अधिकारको संरक्षण र संक्रमणकालीन न्यायलाई भाषणमा प्राथमिकता दिने तर बजेटमा उपेक्षा गर्ने प्रवृत्ति अत्यन्तै दुखद छ । बजेटले सरकारको वास्तविक प्राथमिकता देखाउँछ ।’

सांसद मल्लले सरकारले कानूनको शासन स्थापित गराउन पनि गम्भिर भएर काम गर्नुपर्ने बताउनु भयो ।