२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लामा चिसोका कारण केही दिनयतादेखि बिरामीको सङ्ख्या बढ्यो



अ+ अ-

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पतालमा पछिल्लो केही दिनयतादेखि बिरामीको सङ्ख्या बढेको छ । यही पुस महिना लागेसँगै जिल्लाको तापक्रम माइनसमा झरेर चिसो अत्यधिक भएपछि अस्पतालमा रुघाखोकीलगायतका बिरामी बढेका जनाइएको छ । 
     
जिल्ला अस्पताल हुम्लामा दैनिक दिन ६० जनाभन्दा बढी उपचारका लागि पुग्ने गरेको गरेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो । ज्वरो, रुघाखोकी, दम, लगायतका बिरामी उपचारका लागि गाउँबाट जिल्ला पुग्ने गरेको अनमी उहाँले बताउनुभयो । उहाँका अनुसार बिरामी उपचारका लागि आएपछि जिल्ला अस्पतालमा रहेका श्यया पनि भरिभराउ भएका छन् । यस्तै घाँटी र शरीर दुख्ने, खाना खान मन नलाग्ने लक्षणका बिरामी पनि आउने गरेबका छन् । 
       
बालबालिका र वृद्धवृद्धामा यस्तो समस्या बढी देखिएको अस्पतालले जनाएको छ । स्वास्थ्य अवस्था जटिल भएका केही बिरामीलाई अस्पतालमै भर्नासमेत गरिएको छ । रासस