४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सरकारसँग सांसदहरूको मागः मूल्यवृद्धि नियन्त्रण, डुबानलगायतका समस्या तत्काल समाधान गरियोस्

सरकारसँग सांसदहरूको मागः मूल्यवृद्धि नियन्त्रण, डुबानलगायतका समस्या तत्काल समाधान गरियोस्
अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभाका सांसदहरुले भारतीय सीमावर्ती क्षेत्रमा देखिएको डुबानको स्थायी समाधान गर्न सरकारसँग माग गरेका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले मध्यपूर्वमा युद्ध विराम हुँदा पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरेका छन् ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद नरेन्द्रकुमार गुप्ताले मध्यपूर्वमा युद्धविराम हुँदा पनि नेपालको पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले नेपालीहरुले थेग्न नसक्ने खालको पेट्रोलियम पदार्थको मूल्य अन्तराष्ट्रिय बजारमा पनि घटेकाले नेपालले पनि तत्काल घटाउन सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘अहिले मध्यपुर्वको युद्ध रोकिदा पनि हामीले हामीले पेट्रोलियम पदार्थको मूल्य उच्च रुपमा तिर्नुपर्ने अवस्था छ । तर अहिले युद्ध विराम हुँदा पनि र विश्व बजारमा कच्चा तेलको मूल्य घटदा पनि नेपालमा यसको कुनै प्रभाव देखिएको छैन । यो मूल्य अझै कायमै रहन्छ भन्ने सुन्नमा आएको छ । यो मूल्य साँच्चै भन्ने हो भने नेपाली जनताले थेग्न सक्ने मूल्य होइन । त्यसकारण यो मल्य तत्काल समायोजन गर्नुपर्छ भन्ने मेरो कुरा हो ।’

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद साहजान खातुनले गौरलगायतका भारतीय सीमावर्ती क्षेत्रमा भारतीय पक्षले एकतर्फी बाँध निर्माण गर्दा सीमावर्ती क्षेत्रका नागरिकको डुबानको मारमा परेको भन्दै त्यसको स्थायी समाधान गर्न सरकारलाई सचेत गराउनु भयो । उहाँले भारतीय पक्षले नेपालको अनुमति विना नै एकतर्फी रुपमा बाँध निर्माण गरेर नेपाली भूमि डुबाउँदा पनि सरकारले यसबारेमा कुनै पहल गर्न नसकेको जिकिर गर्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

सांसद खातुनले भन्नुभयो, ‘भारतीय पक्षमा गौरको सीमा क्षेत्रमा बाँध निर्माण गर्ने नाममा एकतर्फी रुपमा अझ अग्लो र बेलियो बनाएको छ । अन्तराष्ट्रिय अभ्यास र नेपाल भारतबीचको समझदारी अनुसार दशगजा क्षेत्र वा त्यसको नजिक कुनैपनि भौतिक संरचना, निर्माण, विस्तार वा परिवर्तन गर्दा दुवै देशको सहमती आवश्यक हुन्छ । तर त्यसको खुलेआम उलंघन भएको देखिन्छ । यो केवल एउटा बाँधको विषय होइन । यो नेपालको राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषय हो । वर्षेनी सीमा क्षेत्रका लागि डुवानेका समस्या भोग्न बाध्य छन । घर डुब्छ, खेती नष्ट हुन्छ । जनजीवन अस्तव्यस्त हुन्छ । डुबान हुनै नदिने गरी स्थायी समाधान दिने जिम्मेवारी कसेको हो ? यसतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले लागुऔषध नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले विद्यालय, विश्वविद्यालय अध्ययन गर्ने युवाहरुको लागुऔषधको दुव्र्यसनीमा फस्ने क्रम बढ्दै जाँदा पनि सरकारले त्यसको नियन्त्रणका लागि पहल गर्न नसकेको बताउनु भयो । सांसद खातुनले लागुऔषध दुव्र्यसनीमा फसेकाहरुले मुलुकमा हत्या, हिंसा, चोरी लगायतका गम्भिर अपराधका घटना घटाएकाले सरकारले यसको नियन्त्रण गर्ने कामलाई विशेष रुपमा अघि बढाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘स्कुल, कलेजमा पढ्ने युवाहरु डरलाग्दो गरी लागुऔषधको कुलतमा फसेका छन् । केही वर्ष अघिको तथ्यांकले एक लाख ३० हजार भन्दा धेरै युवा कडा खालको लागुऔषध सेवन गर्ने गरेका छन् । त्यो संख्या हरेक वर्ष ११ प्रतिशतका दरले बढ्दै गएको पनि तथ्यहरुले देखाएको छ । नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढदै गएको छ । विभिन्न अपराधमा पनि लागुऔषध जोडिएको प्रहरीको अनुसन्धानले देखाएको छ । नसाको सेवनको लागि पैसा जोहो गर्न हत्या, हिंसा, चोरीजस्ता अपराधिक गतिविधिमा संलग्न हुनुको साथै जस्तोसुकै मूल्य चुकाउन पनि पछि पर्दैनन् । यसको नियन्त्रणका लागि सरकारले विशेष खालको योजना बनाउनु पर्दछ ।’

सांसदहरुले विपद् व्यवस्थापन पनि सावधानीपूर्वक काम अघि बढाउन सरकारसँग आग्रह गरेका छन ।