२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीमा नेता सिंहमाथि भएको आक्रमणप्रति सांसद महरद्वारा सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले कैलालीमा भएको साङ्घातिक आक्रमणको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महरले यस घटनाबारे सदनलाई जानकारी गराउनुभएको हो ।

सांसद महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेश सिंहमाथि धनगढीमा भएको साङ्घातिक आक्रमणको घटनाप्रति पनि आपत्ति जनाउनु भया । रास्वपा सुदूरपश्चिम प्रदेशको अधिवेशनबाट घर फर्कने क्रममा गत असार १ गते राति ७–८ जनाको समूहले सिंहमाथि योजनाबद्ध रूपमा आक्रमण गरेको उहाँले जानकारी दिनुभयो ।

आक्रमणकारीहरूले सिंहलाई घाइते बनाउनुका साथै उहाँको साथमा रहेको ल्यापटप, मोबाइल, घडी र सुनको सिक्री समेत लुटेको सांसद महरले सदनलाई बताउनुभयो। सिंह गत प्रतिनिधि सभा निर्वाचनमा बझाङबाट रास्वपाको उम्मेदवारका रूपमा लोकप्रिय मत प्राप्त गर्ने नेता हुनुहुन्छ । उक्त घटनालाई लिएर सांसद महरले मुलुकमा अराजकता र दण्डहीनता बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

आफ्नै पार्टी सरकारको नेतृत्वमा रहेको अवस्थामा समेत जिम्मेवार नेतामाथि आक्रमण हुनुले सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको उहाँको भनाइ छ । उहाँले घाइते सिंहको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आक्रमणमा संलग्न दोषीहरूलाई तत्काल पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

सांसद महरकाअनुसार बझाङ जिल्ला, केदारस्युँ गाउँपालिका–६ का दीपक धामीको जापानको ओसाकामा असामयिक निधन भएको छ । अध्ययन र रोजगारीका लागि ठूलो रकम ऋण लिएर एक वर्षअघि मात्र जापान पुगेका धामीको निधनले परिवार स्तब्ध भएको र उनीहरूको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको उहाँले बताउनु भयो । सांसद महरले मृतक धामीको पार्थिव शरीर नेपाल ल्याउनका लागि आवश्यक समन्वय र सहयोग गरिदिन परराष्ट्र मन्त्रालय र नेपाल सरकारसँग माग गर्नुभयो ।