काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार र जापानको भ्रमण सम्पन्न गरी स्वदेश फर्किएकी छन्। बुधबार राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका हुन्।
© 2023