२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

पर्यटन प्रवर्द्धनमा नेपाल–चीन सहकार्य विस्तार, नयाँ परियोजना सार्वजनिक

पर्यटन प्रवर्द्धनमा नेपाल–चीन सहकार्य विस्तार, नयाँ परियोजना सार्वजनिक
अ अ+ अ-

काठमाडौं । नेपालमा वर्षैभरि उच्च खर्च गर्ने चिनियाँ पर्यटक भित्र्याउने लक्ष्यसहित चीन–नेपालबीच नयाँ पर्यटन परियोजना सुरु गरिएको छ।

बागमती प्रदेश पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड लगायतको सहभागितामा ‘चीन–नेपाल अन्वेषण यात्रा’ अन्तर्राष्ट्रिय सांस्कृतिक–पर्यटन परियोजना आइतबार काठमाडौंमा औपचारिक रूपमा शुभारम्भ गरिएको हो।

आयोजकका अनुसार परियोजनाअन्तर्गत हिमालय एयरलाइन्समार्फत शेनझेन–काठमाडौं सीधा चार्टर उडान नियमित रूपमा सञ्चालन गरिनेछ। प्रारम्भिक चरणमा प्रत्येक हप्ता दुईवटा चार्टर उडान सञ्चालन हुने र वर्षभरि १०४ उडानमार्फत १८ हजारभन्दा बढी उच्चस्तरीय चिनियाँ पर्यटक नेपाल ल्याउने लक्ष्य राखिएको छ।

परियोजनाको दीर्घकालीन योजनाअनुसार आगामी ३ देखि ५ वर्षभित्र चीनका नान्थोङ, शिजियाझुआङ, हाङचाउ, निङ्बो र छिङ्ताओ लगायत प्रमुख सहरबाट पनि नियमित चार्टर उडान सञ्चालन गरिनेछ। त्यसपछि वार्षिक १ लाखदेखि १ लाख २० हजारसम्म चिनियाँ पर्यटक नेपाल भित्र्याउने लक्ष्य तय गरिएको आयोजकले जनाएको छ।

नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकका लागि ७ दिन ६ रातको विशेष भ्रमण प्याकेज तयार गरिएको छ। यसअन्तर्गत काठमाडौं, पोखरा, चितवन र नागरकोट समेटिएका छन्। साथै, पर्यटकलाई हिमाली पदयात्रा, सांस्कृतिक सम्पदा अध्ययन, स्वास्थ्य तथा विश्राम पर्यटन तथा चीन–नेपाल सांस्कृतिक आदानप्रदानमा आधारित चार प्रकारका विशेष प्याकेज उपलब्ध गराइनेछ।

प्रत्येक पर्यटक टोलीसँग चिनियाँ टुर लिडर र स्थानीय चिनियाँ भाषा जान्ने गाइड रहने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा बागमती प्रदेशका पर्यटनमन्त्री सुरेश श्रेष्ठले परियोजनाले नेपाल–चीन पर्यटन सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

मन्त्री श्रेष्ठलेपर्यटन नेपालको मुख्य आर्थिक आधार तथा सांस्कृतिक सम्पर्कको प्रमुख माध्यम भएको जनाउदै हिमालय, ऐतिहासिक सम्पदा र प्राकृतिक सौन्दर्यले नेपाल उत्कृष्ट गुणस्तरीय पर्यटनको लागि विशेष योग्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो “चीन लामो समयदेखि हाम्रो महत्वपूर्ण बजार हो, र हाम्रो पर्यटन सम्बन्ध अत्यन्त गहिरो छ। तर, हवाई यातायातको अस्थिरता, मौसमी असमानता, र सेवा मापदण्डको विविधताले दीर्घकालीन विकासमा बाधा पुर्याइरहेको छ। अहिलेको आवश्यकता अनुसार नयाँ मोडेलको आवश्यकता छ।” उहाँले ‘ूचीन–नेपाल अन्वेषण यात्रा’ परियोजना त्यही आवश्यकताको उत्तर बन्न सक्ने बताउनु भयो ।

चीन तिब्बत पर्यटन तथा आइरिस पर्यटन सांस्कृतिक उद्योग समूहका संयोजक ह्वाङ लेई ले छोटो अवधिको व्यापारभन्दा दीर्घकालीन पर्यटन विकास र स्थानीय रोजगारी विस्तारमा केन्द्रित भएर काम गर्ने लक्ष्य रहेको बताउनुभयो।

हिमालय एयरलाइन्सका अध्यक्ष झौ एनयोङ ले शेनझेन–काठमाडौं सीधा उडानले चीनको ग्वाङ्डोङ–हङकङ–मकाउ क्षेत्र लाई नेपालसँग सहज रूपमा जोड्ने उल्लेख गर्नुभयो। उहाँले चिनियाँ पर्यटकको आगमन बढेमा होटल, यातायात, कृषि तथा हस्तकला क्षेत्रमा समेत रोजगारी सिर्जना हुने बताउनुभयो।

नेपाल पाण्डा इन्टरनेशनल ट्राभल एजेन्सीका शैलेन्द्र ढुंगेलले मौसमी प्रभावका कारण पर्यटक आगमनमा उतारचढाव आउने भएकाले चारै ऋतुमा पर्यटक भित्र्याउने रणनीतिअनुसार काम गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा होटल टुलिपका महाप्रबन्धक बलराम पाठकले चीन आज विश्वकै सबैभन्दा ठूलो बाह्य पर्यटन बजारमध्ये एक बनेको र नेपालका लागि यो अत्यन्त उत्साहजनक अवसर भएको बताउनु भयो । उहाँले भन्नुभयो “हामी यस्तो समयमा उभिएका छौं, जहाँ अझ धेरै चिनियाँ पर्यटकलाई स्वागत गर्दै नेपालका विशेषता र सम्भावनासँग परिचित गराउन सक्छौं।”

कार्यक्रममा आयोजकहरूले ‘चीन–नेपाल अन्वेषण यात्रा’ परियोजनाको आधिकारिक झण्डा सम्बन्धित पक्षलाई हस्तान्तरण गर्दै दुई देशबीचको पर्यटन सहकार्यलाई औपचारिक रूपमा अगाडि बढाइएको घोषणा गरेका थिए।

नेपाल र चीनबीच पर्यटन तथा सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरु गरिएको परियोजनाको उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो।

फोटो- सुनिल शर्मा