• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय ★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी

धेरै बच्चा जन्माउने आमालाई सरकारले पुरस्कृत गर्ने



काठमाडौं । सरकारले धेरै बच्चा जन्माउने आमालाई पुरस्कृत गर्ने गरेको छ। काजकितास्तानले धेरै बच्चा जन्माउने आमालाई ‘हिरो मम्स’को नामबाट सम्मान गरी पदक प्रदान गरिरहेको छ।

७ जना वा सो भन्दा बढी बच्चा जन्माउने आमालाई स्वर्ण पदकबाट सम्मान गरिने चलन छ। साथै ६ जना बच्चा जन्माएमा रजत पदकबाट सम्मानित गरिन्छ। पदक पाउने आमालाई आफ्नो बच्चाको रेखदेखका लागि जीवनभर सरकारले भत्ता समेत प्रदान गर्ने व्यवस्था मिलाएको छ।

पदक नपाउने तर ४ जनासम्म बच्चा जन्माउनेलाई भने बच्चाको उमेर २१ वर्ष नभएसम्म आर्थिक सहयोग प्रदान हुने गरेको बिबिसीले उल्लेख गरेको छ। काजकिस्तानमा यस्तो व्यवस्था सोभियत संघ हुँदा देखि नै चलिआएको हो। सन् १९४४ देखि ‘आमा हिरोइन’ नामबाट सम्मान प्रदान गरी पुरस्कृत गर्ने चलन सुरु भएको हो।

त्यतिबेला एक परिवारमा १० जना वा सो भन्दा बढी बच्चा जन्माउनेलाई पुरस्कृत गरिन्थ्यो। अहिले बच्चाको संख्या कम भए पनि जन्मदर बढी राख्नु काजकिस्तान सरकारको प्राथमिकता छ।