९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना



अ+ अ-

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार गैरजिम्मेवार बनेको र संसदीय जवाफदेहिताबाट पन्छिन खोजेको आरोप लगाउनुभएको छ ।

सोमवार संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले बजेट तथा सरकारका मन्त्रीहरूका गतिविधिप्रति टिप्पणी गर्नुभएको हो । अध्यक्ष राईले बजेटमा करका दर हेरफेर र जनअपेक्षा सम्बोधन नभएको विषयमा विपक्षी दलहरूले उठाएका प्रश्नको सरकारले उचित उत्तर नदिएको बताउनु भयो ।

उहाँले पूर्वाधार विकासमन्त्रीले निर्माण कार्यमा ढिलाइ गर्ने ठेकेदारहरूको ‘खुट्टा भाँचिदिने’ भनी दिनुभएको पछिल्लो अभिव्यक्तिको आलोचना गर्नुभयो । सरकार अभिभावकीय भुमिकामा रहनुपर्ने उल्लेख गर्नुभयो । बजेटमा धरानको खानेपानी आयोजनाका लागि विनियोजित रकमका सम्बन्धमा राईले यो आफ्नो वर्षौँदेखिको एजेण्डा र ड्रिम प्रोजेक्ट भएको दाबी गर्नुभयो ।

अर्थमन्त्रीमाथि उठेका प्रश्न र संसदीय छानबिन समितिको मागका सम्बन्धमा उहाँले सत्तापक्षले दुई–तिहाइको दम्भ देखाएको टिप्पणी गर्नुभयो । यस्तै, संसदमा आफ्नो भुमिकाका विषयमा स्पष्ट पार्दै राईले आफू अन्यायको विरुद्धमा उभिएको बताउनु भयो ।

सभामुखले बोल्न नदिएका कारण आफूले प्रतिवाद गर्नुपरेको र त्यो कुनै व्यक्ति विशेषको विरोध नभई प्रक्रियाको सुधारका लागि भएको उहाँको तर्क थियो । उहाँले आगामी दिनमा पनि संसदमा जनताका मुद्दा र सरकारका कमी–कमजोरीमाथि निरन्तर प्रश्न उठाइरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।