४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल

नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल
अ+ अ-

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख एसएसपी सुरेशप्रसाद काफ्लेसँग भेट गरी काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न समस्याबारे विस्तृत छलफल गरेको छ।

छलफलका क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख काफ्लेले कार्यालय र नाडाबीच रचनात्मक तथा दीर्घकालीन उद्देश्यका लागि सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले पहाडी क्षेत्रमा प्रयोग हुने ठूला सिसीका मोटरसाइकलहरू समेत काठमाडौं उपत्यकाभित्र सञ्चालन भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै स्कुटरको तुलनामा मोटरसाइकलमा दुर्घटनाको जोखिम बढी हुने तथ्यसमेत उल्लेख गर्नुभयो।

उहाँले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नाडाले ट्राफिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सुझाव दिँदै एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधियुक्त ट्राफिक लाइट प्रणाली विकासका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, नयाँ सवारी साधन खरिद गर्ने ग्राहक, सर्भिस सेन्टरका प्रतिनिधि तथा पहिलो पटक लाइसेन्स लिने चालकहरूले उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट करिब एक घण्टाको छोटो प्रशिक्षण अनिवार्य लिनुपर्ने व्यवस्था आवश्यक रहेको उहाँले प्रस्ताव गर्नुभयो। यस्तो व्यवस्था लागू भएमा ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार आउने विश्वास उहाँले व्यक्त गर्नुभयो।

छलफलमा नाडाका अध्यक्ष उप्रेतीले विगतमा नाडा र ट्राफिक प्रहरीबीच भएका सहकार्यहरूको स्मरण गर्दै आगामी दिनमा समेत सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नाडाको ५०औं वार्षिक साधारण सभा तथा स्वर्ण महोत्सवको अवसरमा २०८३ असार १३ देखि १९ गतेसम्म राजधानीमा विभिन्न कार्यक्रमसहित विशेष सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिँदै उक्त कार्यक्रम सफल बनाउन ट्राफिक प्रहरी कार्यालयको सहयोग महत्वपूर्ण हुने बताउनुभयो।

उहाँले नाडाले स्टिकरमार्फत ट्राफिक जनचेतनामूलक अभियान सञ्चालन गर्ने योजना पनि रहेको जानकारी दिनुभयो।

त्यसैगरी, नाडाका महासचिव मिलनबाबु मल्लले संस्थाले विगतदेखि नै ट्राफिक प्रहरीसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि संयुक्त रूपमा अघि बढ्ने धारणा राख्नुभयो।

छलफलमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, सचिव मेघराज पौडेल र कोषाध्यक्ष पंकज अग्रवालसहित पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सबैले ट्राफिक व्यवस्थापन सुधार र जनचेतना विस्तारका लागि सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।