४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्नेमा परराष्ट्रमन्त्रीको जोड

नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्नेमा परराष्ट्रमन्त्रीको जोड
अ+ अ-

काठमाडाैँ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, हिमालय संरक्षण, विपद् जोखिम न्यूनीकरण तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा नेपाल–चीन सहकार्यलाई अझ गहिरो बनाउनुपर्नेमा जोड दिनुभएको छ।

चाइनिज एकेडेमी अफ साइन्स (सीएएस) र इन्स्टिच्यूट अब तिब्बतीय प्लाटो रिसर्च इन्स्टिच्युट (आईटीपीकास) ले गरेको उच्चस्तरीय अन्तरक्रियामा बोल्दै मन्त्री खनालले हिमालय क्षेत्रले भोगिरहेको जलवायु संकट नेपाल वा चीनको मात्र नभई सम्पूर्ण दक्षिण एसियाको साझा चुनौती बनेको बताउनुभएको हो।

विज्ञान, प्रविधि, वातावरण, शिक्षा तथा भावी सहकार्यका सम्भावनाबारे केन्द्रित उक्त कार्यक्रममा चिनियाँ विज्ञान प्रतिष्ठानका वरिष्ठ अधिकारी, वैज्ञानिक तथा अनुसन्धानकर्तासँग नेपाली प्रतिनिधिमण्डलले विस्तृत छलफल गरेको सिजिटिएनले लेखेको छ ।

कार्यक्रममा चिनियाँ विज्ञान प्रतिष्ठानका अन्तर्राष्ट्रिय सहकार्य ब्युरोका महानिर्देशक लिउ वेइदोङ, आईटीपीकासका कार्यवाहक निर्देशक झुआङ सुलियाङ, विश्वप्रसिद्ध हिमालय तथा तिब्बती पठार वैज्ञानिक याओ तानदोङ लगायतका अधिकारीहरू सहभागी थिए । मन्त्री खनालले नेतृत्व गरेको नेपाली टोलीमा परराष्ट्र मन्त्रालय, बेइजिङस्थित नेपाली दूतावास तथा लगानी बोर्डका अधिकारीहरू पनि सहभागी रहनु भएकाे छ ।

कार्यक्रममा चाइनिज एकेडेमी अफ साइन्सका अन्तर्राष्ट्रिय सहकार्य ब्युरोका महानिर्देशक लिउ वेइदोङले नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित रहेको उल्लेख गर्दै वैज्ञानिक सहकार्य दुवै देशबीचको सम्बन्धको महत्त्वपूर्ण आयाम बनेको बताउनुभयो।

उहाँले त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा स्थापना गरिएको काठमाडौं सेन्टर फर रिसर्च एन्ड एजुकेसन (केसीआरई) ले विगत एक दशकमा हिमालय क्षेत्रको वातावरणीय अध्ययन, प्राकृतिक विपद् न्यूनीकरण, जलवायु परिवर्तन, जैविक विविधता संरक्षण तथा दिगो विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको बताउनुभयो।

कार्यक्रममा मन्त्री खनालले नेपाल र चीनलाई भौगोलिक सीमाले मात्र नभई हिमाल, नदी प्रणाली, संस्कृति र सयौं वर्ष पुरानो जनस्तरको सम्बन्धले पनि जोडेको बताउनुभयो। उहाँले नेपाल–चीन सीमामा पर्ने केही क्षेत्रमा हालैका वर्षहरूमा आएको बाढीका कारण सडक तथा पुलमा क्षति पुगेको र यसले व्यापार तथा आवागमनमा समेत असर पारेको उदाहरण प्रस्तुत गर्नुभयो।

मन्त्री खनालले हिमालयलाई ‘एसियाको जलभण्डार’ को संज्ञा दिँदै हिमनदीहरू क्रमशः सुक्दै र पग्लिँदै गए दक्षिण एसियाका अर्बौं मानिसको पानीको स्रोत संकटमा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो। नेपाल, भारत, पाकिस्तान र बंगलादेशजस्ता देशहरूको नदी प्रणाली हिमालयसँग प्रत्यक्ष जोडिएको भन्दै उहाँले हिमालय क्षेत्रका लागि अझ उन्नत प्रारम्भिक चेतावनी प्रणाली, थप मौसम तथा जलविज्ञान केन्द्र, आधुनिक डेटा प्रणाली तथा सीमापार सूचना आदानप्रदान संयन्त्र विकास गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो।

चिनियाँ पक्षले प्रस्तुत गरेको विवरणअनुसार हालसम्म करिब १५० नेपाली विद्यार्थी तथा अनुसन्धानकर्ताले विभिन्न छात्रवृत्ति तथा अनुसन्धान कार्यक्रममार्फत चिनियाँ विज्ञान प्रतिष्ठानसँग आबद्ध भएर अध्ययन तथा अनुसन्धान गरिसकेका छन् । उनीहरूमध्ये धेरैजना नेपाल फर्केर विश्वविद्यालय, अनुसन्धान संस्था तथा सरकारी निकायमा कार्यरत छन् ।

कार्यक्रममा बोल्दै आईटीपीकासका वरिष्ठ वैज्ञानिक याओ तानदोङले हिमालय तथा तिब्बती पठारलाई पृथ्वीको ‘तेस्रो ध्रुव’ का रूपमा वर्णन गर्नुभयो। कार्यक्रममा जलवायु परिवर्तन, हिमनदी अध्ययन, जैविक विविधता, वातावरणीय संरक्षण, विपद् जोखिम न्यूनीकरण, वैज्ञानिक शिक्षा, अनुसन्धान पूर्वाधार विकास तथा नेपाल–चीन विश्वविद्यालयहरूबीचको भावी सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो । बैठकको अन्त्यमा दुवै पक्षले विद्यमान सहकार्यलाई अझ संस्थागत र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । चीन भ्रमणका लागि परराष्ट्रमन्त्री खनाल आइतबार बेइजिङ आइपुग्नुभएको हो।