११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद उर्मिला अर्यालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले बजेट पुनर्लेखन गर्न सरकारसँग माग गर्नुं भएको हो । सांसद अर्यालले सामाजिक न्यायको दृष्टिकोणले बजेट प्रतिगामी रहेको जिकिर समेत गर्नुभयो । उहाँले सरकारले ल्याएको कर प्रणाली पनि उचित नभएको जिकिर गर्नुभयो । सांसद अर्यालले बजेटमा गरिव वर्गका लागि कुनै ठोस योजना ल्याउन नसकेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले आफनो कर प्रश्तावमा आम्दानीमा आधारित प्रणालीको सट्टा उपभोगमा आधारित प्रणालीमा जोड दिएको छ । यो बजेट स्वभाविक रुपमा प्रतिगामी छ । करका संरचनाहरुबारे नेकपाका माननीय डा. पर्शुराम तामाङ र माननीय वर्षमान पुनले प्रतिनिधिसभामा विस्तृत रुपमा राखिसक्नु भएको हुनाले उहाँहरुको धारणाप्रति समर्थन जनाउँदछु । अर्कोतर्फ सार्वजनिक कम्पनीहरुले सरकारलाई बुझाउने लाभांश मा राजश्व फिर्तामा जोड दिनुपर्दछ । गरिव र निमुखामुखि बजेट हुनुपर्दछ । यो बजेट पुनर्लेखन हुने सर्तसहित समर्थन गर्दछु ।’

सांसद अर्यालले सरकारले उत्पादनको क्षेत्रमा कुनै ठोस योजना ल्याउन नसकेको समेत बताउनु भयो ।