१ असार २०८३, सोमबार
,
Latest
सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह सुर्खेतमा सामुदायिक वनको रकम हिनामिना गरेकाे आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः प्रेमप्रसाद दंगाल समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ: महानिरीक्षक कार्की नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्नेमा परराष्ट्रमन्त्रीको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) राष्ट्रिय सभाकी सचेतक रोशनी मेचेले सुस्ता क्षेत्रमा सशष्त्र प्रहरी बलको स्थायी सीमा सुरक्षा क्याम्पको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिपछि भारतीय सीमा सुरक्षा बलले सुस्ता क्षेत्रमा गस्ती गरेकोमा आपत्ति जनाउँदै उक्त भूमिको सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरी बलको स्थायी क्याम्प खडा गरी नेपाली भूमिको रक्षा गर्नुपर्ने उहाँले बताउनुभएको हो ।

सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद मेचेले प्रधानमन्त्री साहले नेपालले पनि भारतको धेरै भूमि मिचेको भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल माफी माग्न पनि सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो,‘सुगौली सन्धिलाई अकाटय कानून आधार मान्दै सुस्तामा हराएको २४ किलोमिटर क्षेत्रमा अवस्थित म्यापको आधारमा तत्काल स्थायी सीमा स्तम्भ गाँडन भारत सरकारसँग कूटनीतिक वार्ता कहिले सुरु हुन्छ सरकार ? जेठ २९ गतेका सीमा घसपैठको घटनालाई मध्यनजर गर्दै सुस्ताको २४ किलोमिटर खुला सीमा क्षेत्रमा २४ घण्टा नै सशष्त्र प्रहरी बलको स्थायी गस्ती गर्ने व्यवस्था गरियोस् ।’

सचेतक मेचेले सुस्ताको सीमा क्षेत्रमा स्थायी सीमा स्तम्भ बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।