१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुदान नआउँदा मदरसा बन्द हुने अवस्थामा



अ+ अ-

सुर्खेत । सरकारले दिँदै आएको अनुदान कटौती भएपछि सुर्खेतको मदरसा मदिना विद्यालय सङ्कटमा परेको छ । माध्यमिक तहसम्म सञ्चालनमा रहेको मुस्लिम समुदायको धार्मिक विद्यालय आर्थिक सङ्कटको चपेटामा परेको छ ।

आर्थिक अभावका कारण वीरेन्द्रनगर १० बेलघारीमा रहेको मुस्लिम समुदायको विद्यालयको अवस्था अहिले दयनीय अवस्थामा छ । तेह्र वर्ष अघिदेखि सञ्चालनमा आएको मदिना स्कूल चन्दा र अनुदानको भरमा चलिरहेको छ । झण्डै ९८ प्रतिशत मुस्लिम समुदायका बालबालिका अध्ययनरत उक्त विद्यालयमा उर्दु, अरबी, अङ्ग्रेजी र नेपाली भाषामा अध्ययन अध्यापन हुँदै आइरहेको छ ।

आवश्यक दरबन्दी, भाषागत शिक्षक नहुँदा र सरकारले दिँदै आएको अनुदान रकम कटौती भएपछि मदरसा विद्यालय बन्द हुने अवस्थामा पुगेको छ । विद्यालयका २० जना कर्मचारीमध्ये नौ जनालाई सरकारी अनुदानको रकमबाट र अन्य कर्मचारीलाई रमजान पर्वको अवसरमा चन्दा उठाएर तलब खुवाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अहम्मद रज्जाले बताउनुभयो ।

“मदरसा सञ्चालनमा कठिनाइ भएपछि आधुनिक शिक्षामा समायोजन गरी सञ्चालन गर्दा सरकारले अनुदान र शिक्षक दरबन्दी दिने भनिएपनि आवश्यक शैक्षिक सहयोग पाएका छैनाँै”, उहाँले भन्नुभयो, “आर्थिक अभावले विद्यालय चलाउनै समस्या परेको छ ।”

प्राथमिक र निम्नमाध्यमिक विद्यालय मात्रै सञ्चालन गर्दा मुस्लिम समुदायका विद्यार्थीले पढाइ छोड्ने भएपछि माध्यमिक तहसम्म सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जाले बताउनुभयो । माध्यमिक तहसम्म सञ्चालन गर्दा भौतिक पूर्वाधार तथा शिक्षकको अभावमा विद्यालय सञ्चालन गर्न सकस भएको उहाँको भनाइ छ । सरकारले दिँदै आएको अनुदान पनि कम हुँदै जानुले थप समस्या परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जाले बताउनुभयो ।

नेपाल सरकारले दिँदै आएको अनुदान रकम कटौती भएपछि विद्यालय सञ्चालनमा कठिनाइ भएको नगर शिक्षाका उपसचिव ललितबिक्रम सिंहले बताउनुुभयो । “सुर्खेतमा दुई वटा मदरसा सञ्चालन हुँदै आएका छन्’ उहाँले भन्नुभयो, त्यसमध्ये फैजुल प्राथमिक विद्यालय वीरेन्द्रनगरमा कुनै पनि शिक्षक दरबन्दी र अनुदान छैन भने मदिना माध्यमिक विद्यालय बेलघारीमा साढे पाँच लाख अनुदान रकम आएको छ ।”

नगर शिक्षा उपसचिव सिंहका अनुसार माध्यमिक विद्यालय र प्राथमिक विद्यालय सञ्चालन भएका मदरसामा आवश्यक अनुदान र शिक्षकको दरबन्दी नहुँदा विद्यालय सञ्चालनमा कठिनाइ भएको छ ।