१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि

जलवायु परिवर्तनको असर कृषिमा

जलवायु परिवर्तनको असर कृषिमा
अ अ+ अ-

म्याग्दी । म्याग्दीका जनप्रतिनिधिले बेमौसमी वर्षा भएको, गर्मी र चिसो अत्यधिक बढेकोमा चिन्ता व्यक्त गरेका छन् । अतिवर्षा र अनावृष्टिजस्ता कारणले कृषि उत्पादन घटेको भन्दै उनीहरूले यसलाई मध्यनजर गर्दै कृषि उत्पादन र पशुपालनका फरक विधि अपनाउनुपर्ने बताएका हुन् । 

संयुक्त राष्ट्रसङ्घ, विश्व खाद्य कार्यक्रम तथा राष्ट्रिय योजना आयोगजस्ता निकायले मानिसको जीविकोपार्जनलाई सहज बनाउने योजना ल्याउनुपर्ने जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले आग्रह गर्नुभयो । वातावरणमा आएको परिवर्तनले खाद्यसुरक्षामा असर पारेकाले अनुकूलित खाद्यान्न र पशुपालनका लागि प्रविधिको व्यवस्था गर्न नसके खाद्य असुरक्षा, भोकमरी बढ्ने, देशको अर्थतन्त्र खाद्यान्न आयातमा केन्द्रित हुने उहाँको भनाइ थियो । 

आयोगले विश्व खाद्य कार्यक्रमसँग मिलेर म्याग्दीका पालिका तहमा अध्ययनसमेत थालेको छ । धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले खेती गर्ने पात्रोमा परिवर्तन आएको, खडेरी, असिना, हिमपात र वन्यजन्तुले बालीनाली क्षति गरेर कृषक पीडित भएका बताउनुभयो । 

 रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले सस्तो र सजिलोका लागि आयातित वस्तुमा निर्भर हुने, जग्गाजमिन बाँझो राख्ने समस्याले रैथाने जातका बाली लोप हुन थालेको बताउनुभयो । जिल्ला समन्वय समितिका सदस्य शेरबहादुर केसीले घट्दो उत्पादन र बढ्दो आयातले सिर्जना गरेको असन्तुलत घटाउन राज्यले कृषिउपजको बजार सुनिश्चित गर्नुपर्ने बताउनुभयो । 

राष्ट्रिय योजना आयोगले खाद्यसुरक्षाको अवस्था कमजोर बन्दै गएकाले वैकल्पिक उत्पादन र अनुकूल उत्पादनमा लगानी गर्ने नीतिअनुरुप अध्ययन थालेको निर्देशक महेश खरेलले बताउनुभयो । 

 कर्णाली र सुदूरपश्चिममा गरेको अध्ययनले खाद्यसुरक्षाको चुनौती बढेको देखिएपछि यसपालि गण्डकी र बागमती प्रदेशमा पनि अध्ययन थालिएको खरेलले बताउनुभयो । सबैतिर एकै प्रकारको समस्या भएकाले संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रममार्फत खाद्य सुरक्षाका कार्यक्रम सुरु गरिसकेको उहाँले बताउनुभयो । आयोग, विश्व खाद्य कार्यक्रम र गण्डकी प्रदेशको योजना आयोगले जिल्लामा स्थानीय तहको सहकार्यमा कृषि र पशु विकासमा लगानी बढाएको छ । 

जीविकोपार्जनका लागि खाद्यान्नतर्फ धान, गहुँ, मकै र कोदो, पशुतर्फ दूध र मासुजन्य तथा तरकारी खेतीमा जोड दिने लक्ष्य राखेको खाद्य सुरक्षाविज्ञ विष्णु आचार्यले बताउनुभयो । उहाँले जलवायु परिवर्तनले ल्याएको असर न्यूनीकरणका लागि काम गर्न प्रारम्भिक अध्ययन गरिएको बताउनुभयो । 

आयोगले गर्ने अध्ययनमा जीविकोपार्जनका लागि लक्षित क्षेत्र पहिचान गर्ने, खाद्यसुरक्षा पुनःरुत्थान नीति बनाउने र तापक्रम र बर्सातको परिदृश्य निर्माण गर्ने काममा लगानी गरेको विश्व खाद्य कार्यक्रमका प्रतिनिधि यज्ञ पुनले बताउनुभयो । शुक्रबार बेनीमा भएको अन्तक्र्रियामा जिल्लाका छवटै स्थानीय तहका जनप्रतिनिधि, कृषि र पशु शाखाका प्रमुखबीच विभिन्न १५ वटा सूचकमा छलफल भएको थियो । 

नौलिस्नेखोलाको पुलले यात्राअवधि छोटियो 

म्याग्दीको मालिका र धौलागिरि गाउँपालिकाको सिमानास्थित नौलिस्ने खोलामा ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ । सङ्घीय सरकार अन्तरगतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँले मालिका गाउँपालिका–७ बिमवाङको पाल्तुङ र धौलागिरि गाउँपालिका–६ मराङको रिख जोड्ने झोलुङ्गे पुल निर्माण गरेको हो । 

बिमवाङका वासिन्दा खिमन जुग्जालीले पुल वनेपछि एक घण्टा लाग्ने बाटो पाँच मिनेटमा छोटिएको बताउनुभयो । “बिमवाङदेखि रिख पुग्न भिर, खोल्सा र जङ्गलमा करिब एक घण्टा उकालो र ओरालो पैदलयात्रा गर्नुपर्ने थियो”, उहाँले भन्नुभयो, “पुल बनेपछि पाँच मिनेटमै पुग्न सकिने भएको छ ।”

यो पुलबाट मालिका, धौलागिरि र रघुगङ्गा गाउँपालिकाका बासिन्दालाई सुविधा पुगेको छ । घुमाउरो बाटोमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । बिम, मराङ, मल्कवाङ र कुइने मङ्गलेका करिब एक हजार ५०० घरधुरी लाभान्वित भएका छन् । सहज र सुरक्षितरुपमा यात्रा गर्न पाएको धौलागिरि–६ आरवाङको प्रगति युवा क्लबका अध्यक्ष चक्र पुनले बताउनुभयो । 

म्याग्दीको नौलिस्नेखोलामा ३५० मिटर र कास्कीको अन्नपूर्ण गाउँपालिकाको पहिरेखोलामा १२३ मिटर लामो झोलुङ्गे पुल निर्माण गर्न उमा÷थानी÷हिमशिखर जेभीले विसं २०७७ असारमा रु दुई करोड ५८ लाखमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीका प्राविधिक विष्णु बुढामगरले निर्माण सकिएको पुलको प्राविधिक नापजाँच गरी प्रयोगका लागि खुला गरिएको बताउनुभयो । उहाँका अनुसार यो पुलमा एक पटकमा ७५५ मानिस आवतजावत गर्नसक्ने क्षमता रहेको छ । पुलको उचाइ करिब १५० मिटर छ ।

आवतजावत सहज हुनुका साथै यो पुल पर्यटकीय हिसाबले पनि सम्भावना पनि रहेको धौलागिरि गाउँपालिका–६ मराङका वडाध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । पुल तर्ने क्रममा रिख र बिमवाङको फेदीमा रहेका झरनाको अवलोकन गर्न सकिन्छ । 

साहासिक खेल बञ्जिजम्प सञ्चालन गर्नका लागि पनि सम्भावना छ । लामो र अग्लो पुल अवलोकन गर्न आउने पर्यटकका कारण बिमवाङ र रिखमा चहलपहल तथा व्यापार व्यवसाय बढ्ने अपेक्षा गरिएको छ । यो पुल भएर प्रसिद्ध धार्मिकस्थल मालिका धुरीमा पूजाआजा, दर्शन र अवलोकन गर्न जाने पर्यटकलाई समेत सुविधा पुग्ने मालिका गाउँपालिका–७ का वडाध्यक्ष रेशम जुग्जालीले वताउनुभयो । रासस