काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद जयन्तिदेवी राईले भारतसँग देखिएको चिया निर्यातसम्बन्धि समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।
सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले चियासहित नेपाली किसानको उत्पादन निर्यातमा देखिएको सबै समस्या समाधान हुने गरी उपयुक्त विकल्प तय गर्न पनि सरकारलाई सचेत गराउनु भयो । सांसद राईले भारतसँग निर्यात ठप्प हुँदा नेपालका चिया उद्योगहरु बन्द हुने अवस्था पुगेकाले सरकारले उक्त समस्या समाधानका लागि तत्काल भारत सरकारसँग वार्ता गर्र्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘नेपालमा चियाँ उद्योग बन्द हुने अवस्थामा छ । १२ लाख किलो भन्दा बढी चियाँ भारतमा निर्यात नहुँदा विक्री नहुने अवस्थामा छ । पटक पटक भारतले क्वालिटी टेष्ट गर्ने भनेर लैजाने, फेरी १५, २० दिनसम्म नगर्ने अनि यस्तो अप्ठयारो बनाइरहने, यतिबेला उत्पादन भएको चिया पनि नष्ट हुने अवस्था हुँदाहुँदै अहिले यो स्थितिमा गुज्रिरहेको छ । त्यसकारणम सम्माननीय सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु कि सबैभन्दा पहिले भारतीय सरकारसँग यो व्यापारको बारेमा डाइलग होस् । र भारतमात्रै होइन, अरु देशहरुसँग पनि चिया मात्रै नभएर अरु किसानको उत्पादनहरु पनि विक्री गर्ने विकल्पहरु खोजियोस् । किसानहरुको उत्पादनको बजारको सुुनिश्चित गरियोस । उनीहरुलाई आत्मनिर्भर बनाउने काम गरियोस् ।’
सांसद राईले किसानलाई आत्मनिर्भर बनाउने काममा सरकार गम्भिरता बन्नुपर्ने जरुरी रहेको पनि बताउनु भयो ।ठकमा बोल्दै उहाँले चियासहित नेपाली किसानको उत्पादन निर्यातमा देखिएको सबै समस्या समाधान हुने गरी उपयुक्त विकल्प तय गर्न पनि सरकारलाई सचेत गराउनु भयो । सांसद राईले भारतसँग निर्यात ठप्प हुँदा नेपालका चिया उद्योगहरु बन्द हुने अवस्था पुगेकाले सरकारले उक्त समस्या समाधानका लागि तत्काल भारत सरकारसँग वार्ता गर्र्नुपर्ने बताउनु भयो ।
सांसद राईले किसानलाई आत्मनिर्भर बनाउने काममा सरकार गम्भिरता बन्नुपर्ने जरुरी रहेको पनि बताउनु भयो ।











