४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा

यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा
अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद धनबहादुर बुढाले यार्सागुम्बा उत्पादनमा आएको तीव्र गिरावटका कारण हिमाली क्षेत्रको अर्थतन्त्र गम्भीर संकटमा परेको बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बुढाले यस वर्ष यार्सागुम्बा उत्पादन करिब ६० प्रतिशतभन्दा बढीले घटेको अनुमान गरिएको जानकारी दिए। उनका अनुसार जलवायु परिवर्तन, अव्यवस्थित संकलन तथा अन्य कारणले उत्पादन निरन्तर घट्दै गएको छ।

उनले यार्सागुम्बा केवल एक जडीबुटी मात्र नभई कर्णाली र अन्य हिमाली जिल्लाको आर्थिक मेरुदण्ड भएको उल्लेख गर्दै उत्पादन घट्नुले सम्पूर्ण हिमाली अर्थतन्त्रमा गम्भीर असर परेको बताए।

“डोल्पासहित १२ हिमाली जिल्लाका हजारौँ परिवारको वार्षिक आम्दानी यार्सागुम्बामा निर्भर छ। उत्पादन घटेसँगै बजार सुनसान भएका छन्, हजारौँ परिवारको आम्दानी गुमेको छ र धेरै घरमा खाद्य संकटको चिन्ता बढेको छ,” उनले सदनमा भने।

सांसद बुढाले सरकारले वर्षौंदेखि यार्सागुम्बाबाट करोडौँ रुपैयाँ राजस्व संकलन गरे पनि संकटमा परेका संकलक र स्थानीय समुदायका पक्षमा प्रभावकारी पहल नगरेको आरोप पनि लगाए।

उनले सरकारसमक्ष तीनबुँदे माग प्रस्तुत गर्दै यार्सागुम्बा संरक्षण, संकलकको सुरक्षा तथा उद्धार बीमा, ब्रान्डिङ र दिगो बजार व्यवस्थापनका लागि वैज्ञानिक तथा दीर्घकालीन नीति तत्काल ल्याउन आग्रह गरे।

त्यस्तै, प्रभावित परिवारको अवस्था मूल्याङ्कन गरी राहत उपलब्ध गराउन तथा डोल्पामै यार्सागुम्बा र अन्य जडीबुटी प्रशोधन केन्द्र स्थापना गरेर स्थानीय रोजगारी र दिगो पर्यटनसँग जोडिएको जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न पनि उनले माग गरे।

सांसद बुढाले हिमाली जनताको आवाजप्रति सरकार संवेदनशील बन्नुपर्ने आवश्यकता औँल्याउँदै तत्काल ठोस कदम चाल्न आग्रह गरे।