४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण

झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले झापाको मेचीनगरस्थित बाहुनडाँगीमा जंगली हात्तीले मच्चाएको वितण्डा र त्यसबाट भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद डाँगीले दशकौँदेखि जारी यो समस्या समाधानका लागि ठोस कदम चाल्न माग गर्नुभएको हो ।

सांसद डाँगीले आईतवार बिहान मेचीनगरस्थित बाहुनडाँगीमा आफ्नै घरबाहिर फूल टिप्ने क्रममा ६२ वर्षीय पद्म पौडेलले हात्तीको आक्रमणबाट ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो ।

उहाँले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गर्नुभयो । यस्तै, सोमवार बिहान मात्रै मेचीनगर–१ का किसानहरूको करिव ३ बिघा मकैबाली हात्तीले नष्ट गरिदिएको जानकारी उहाँले सदनलाई गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘बाहुनडाँगीबासीका लागि हात्तीको त्रास नयाँ कुरा होइन, यो समस्या विगत ३५–४० वर्षदेखि निरन्तर छ । त्यहाँका नागरिकहरू बिहान खेतमा जाँदा, साँझ घर फर्कँदा र राति सुत्दा समेत हात्तीको आक्रमणमा परिने हो कि भन्ने डरमा बाँच्न बाध्य छन् ।’

उहाँकाअनुसार प्रत्येक साँझ भारतबाट ४० देखि ५० को हाराहारीमा हात्तीहरू नेपाल प्रवेश गर्ने र रातभरि वितण्डा मच्चाएर बिहान मात्र भारत फर्कने गरेका छन् । सदनमा बोल्दै उहाँले हात्तीको आक्रमणबाट ज्यान जानुका साथै वर्षभरिको पसिना बगाएर उब्जाएको धान, मकै र सुपारी लगायतका बाली एवं घरगोठ नष्ट हुँदा किसानहरूको महिनौँको मेहनत क्षणभरमै समाप्त हुने गरेको बताउनु भयो ।

यति ठूलो समस्या हुँदा पनि बाहुनडाँगीबासीले राज्यको उपस्थिति महशुस गर्न नपाएको उहाँको गुनासो थियो । सांसद डाँगीले सरकारसमक्ष विभिन्न मागहरू राख्दै बाहुनडाँगीलाई हात्तीको चरण क्षेत्र बनाएर अनुचित लाभ लिन सक्रिय व्यक्ति र त्यस्ता क्रियाकलापमा संलग्न संघ–संस्थाहरूमाथि तत्काल छानबिन गरी कारबाही गर्न माग गर्नुभयो । उहाँले जनताको जिउधनको सुरक्षाका लागि सरकारलाई संवेदशिल हुन समेत आग्रह गर्नुभएको छ ।