१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय सेवा आयोगको बैठक स्थगित



अ+ अ-

काठमाडौं । आज अपराह्न ३ बजेका लागि बोलाइएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्न बैठक डाक्नुभएको थियो ।

स्रोतका अनुसार आयोगका सदस्यहरु कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू, वरिष्ठ न्यायाधीश दीपककुमार कार्की र महान्यायाधिवक्ता खम्बबहादुर खाती अनुपस्थिति हुनुहुनेभएपछि बैठक स्थगित गरिएको बुझिएको छ । 

तर न्यायपरिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले आजै विज्ञप्ति प्रकाशित गरी लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको जानकारी दिनुभएको छ । रेग्मी पनि न्याय सेवा आयोगका सदस्य हुनुहुन्छ । अर्का सदस्य लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यकाबाहिर रहनुभएको जनाइएको छ । 

संविधानअनुसार आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानून न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने व्यवस्था छ ।