११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो



अ+ अ-

काठमाडाैँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु पाँच हजारले बढेको छ ।

आइतबार प्रतितोला रु दुई लाख ९३ हजार २०० मा कारोबार भएको छापावाल सुन आजका लागि भने रु दुई लाख ९८ हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार भने प्रतितोला रु दुई लाख ९२ हजारमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा रु १२० ले बढेको छ ।

आइतबार प्रतितोला रु चार हजार ८९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु पाँच हजार १५ निर्धारण भएको छ । शुक्रबार चाँदी प्रतितोला रु चार हजार ८४० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार ३२९ दशमलव ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।