४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड

इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड
अ+ अ-

काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित अध्यक्ष मोहन डाँगीले आफ्नो कार्यकालका लागि महत्वाकांक्षी कार्ययोजना र मार्गचित्र सार्वजनिक गर्नुभएको छ ।

नवनिर्वाचित कार्यसमितिको सम्मानमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डाँगीले ऊर्जा क्षेत्रको विकास, लगानीको सुरक्षा र नीतिगत सुनिश्चिततालाई मुख्य प्राथमिकतामा राख्ने घोषणा गर्नुभएको हो ।

अध्यक्ष डाँगीले यस कार्यकालका लागि ‘हाम्रो ऊर्जा, हाम्रो भविष्यः लगानीको सुरक्षा र नीतिगत सुनिश्चितता’ भन्ने मूल नारा तय गरिएको जानकारी दिनुभयो । उहाँले समृद्ध ऊर्जा क्षेत्रका लागि निर्णायक नेतृत्व प्रदान गर्ने प्रतिवद्धतासहित ‘इप्पान भिजन २०२९’ मा उल्लेखित कार्यक्रमहरूलाई अक्षरशः कार्यान्वयन गर्ने बताउनु भयो ।

सामूहिक नेतृत्वको अवधारणालाई आत्मसात् गर्दै इप्पानले सातवटा विशेष समिति र आवश्यकताअनुसार उप-समितिहरू गठन गर्ने भएको छ । ती समितिहरूलाई कार्यसूचीसहित पूर्ण अधिकार प्रत्यायोजन गरी सक्रिय बनाइने डाँगीले उल्लेख गर्नुभयो । निःवर्तमान अध्यक्षको संयोजकत्वमा बढीमा ११ सदस्यीय सल्लाहकार समिति र ऊर्जा क्षेत्रका विज्ञहरू सम्मिलित ७ देखि ९ सदस्यीय उच्च स्तरीय विज्ञ सल्लाहकार समिति गठन गरिने उहाँको भनाइ छ ।

सरकारका पूर्वसचिवको संयोजकत्वमा गठन हुने विज्ञ समितिले ‘रिसर्च एण्ड डेभलपमेन्ट’ (अनुसन्धान र विकास) मा काम गर्नेछ । यस समितिले विद्युत विधेयक र वन विधेयक लगायतका विकास निर्माणमा बाधक रहेका कानून तथा नियमावलीहरूको अध्ययन गरी संशोधनका लागि सरकार र संसदीय समितिहरूसँग समन्वय गर्नेछ । अध्यक्ष डाँगीले वैदेशिक सहयोगमा बन्ने कतिपय विधेयकहरूले निजी क्षेत्रलाई संकुचित पार्न सक्ने भन्दै इप्पान आफैँले पनि विधेयकको मस्यौदा तयार पारी सरकारलाई बुझाउने र दबाब सिर्जना गर्ने योजना रहेको बताउनु भयो ।

ऊर्जा क्षेत्रप्रति समाज र सरकारी संयन्त्रमा रहेको नकारात्मक दृष्टिकोण परिवर्तन गर्न ऊर्जा उद्यमीहरूको आचारसंहिता तयार गरिने भएको छ । झन्डै ७० लाख जनताको लगानी रहेको यस क्षेत्रलाई मर्यादित बनाउन विज्ञहरूको सल्लाहमा आचारसंहिता निर्माण गरी साधारण सभाबाट स्वीकृत गराइने अध्यक्ष डाँगीले जानकारी दिनुभयो । निजी क्षेत्रलाई ऊर्जा उत्पादनमा मात्र सिमित नराखी प्रशारण, वितरण र व्यापारमा समेत सहभागी गराउन विशेष ‘दृष्टिकोण पत्र’ तयार पारिने उहाँले बताउनु भयो ।

इप्पानलाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्यसहित प्रत्येक सदस्यलाई युजरनेम र पासवर्डमार्फत तथ्याङ्क हेर्न सक्ने व्यवस्था मिलाइने भएको छ । आगामी अधिवेशनदेखि अनलाइन मतदान प्रक्रिया शुरु गरिने प्रतिबद्धता समेत अध्यक्ष डाँगीले दोहो¥याउनु भयो । यस्तै सचिवालयलाई व्यवस्थित बनाउन आफ्नै भवन निर्माण गर्ने र त्यसका लागि जग्गा वा रकम सहयोग गर्ने दाताहरूको नाममा भवन र हलहरूको नामकरण गरिने योजना अघि सारिएको छ ।

नेपालको ऊर्जा क्षेत्रको ब्राण्डिङ गर्न विदेश समन्वय उप–समिति गठन गरी अवैतनिक दूतहरूसँग समन्वय गरिने र अन्तर्राष्ट्रिय स्तरका सम्मेलनहरू आयोजना गरिने भएको छ । जलविद्युतका साथै सौर्य ऊर्जा, ग्रिन हाइड्रोजन, ब्याट्री स्टोरेज र बायोग्यासलाई प्रोत्साहन गर्ने नीति इप्पानले लिनेछ । छिमेकी मुलुक भारत, चीन र बंगलादेशका लगानीकर्ताहरूसँग अनुभव साटासाट गर्न नियमित कार्यक्रमहरू सञ्चालन गरिने अध्यक्ष डाँगीले उल्लेख गर्नुभयो । अध्यक्ष डाँगीले निर्वाचनका दौरान देखिएका वैचारिक भिन्नताहरूलाई अन्त्य गर्दै इप्पान अहिले पूर्ण रूपमा एकतावद्ध भएको स्पष्ट पार्नुभयो ।