४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन
अ+ अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी प्रथम राष्ट्रिय महाधिवेशनको तयारीस्वरूप आयोजित लुम्बिनी प्रदेशको प्रथम ऐतिहासिक प्रदेश सम्मेलन तथा निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

पार्टीका अन्य प्रदेश कमिटीहरूमा आन्तरिक विवाद र मतभेद सार्वजनिक भइरहेका बेला लुम्बिनी प्रदेशमा भने कुनै विवादबिना सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न भएको भन्दै राजनीतिक वृत्तमा यसलाई सकारात्मक रूपमा हेरिएको छ।

अधिवेशनलाई मर्यादित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन केन्द्रीय निर्वाचन आयोगको निर्देशनमा गठित विशेष निर्वाचन समितिले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ।

केन्द्रीय निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाको संयोजकत्वमा गठित समितिमा राहुल केसी, पवनराज देवकोटा, सुदनप्रसाद ज्ञवाली र सुमन धरेल सदस्यका रूपमा रहेका थिए। उम्मेदवारी दर्तादेखि मतगणना तथा नतिजा घोषणासम्मका सम्पूर्ण प्रक्रियालाई विवादरहित बनाउन समितिका सदस्यहरूले निरन्तर खटेर काम गरेको जनाइएको छ।

अधिवेशन सफल बनाउन लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका जिल्ला सभापतिहरूले प्रभावकारी समन्वय र नेतृत्वदायी भूमिका खेलेका थिए। जिल्ला नेतृत्वको परिपक्वता तथा अधिवेशनमा सहभागी प्रतिनिधिहरूको अनुशासित र जिम्मेवार सहभागिताले लुम्बिनी प्रदेशलाई पार्टीभित्र एकताको उदाहरणका रूपमा स्थापित गरेको रास्वपाले जनाएको छ।

अधिवेशन सम्पन्न भएपछि निर्वाचन समिति, जिल्ला सभापतिहरू, निवर्तमान प्रदेश सभापति, महामन्त्री, सहमहामन्त्री तथा सम्पूर्ण प्रदेश कार्यसमितिप्रति आभार व्यक्त गरिएको छ। साथै, निवर्तमान नेतृत्वको योगदानको सम्मान गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ।

रास्वपाले व्यक्तिगत पद र स्वार्थभन्दा माथि उठेर पार्टीको मूल्य, सिद्धान्त र जनअपेक्षालाई केन्द्रमा राखी लुम्बिनी प्रदेशमा संगठनलाई अझ सशक्त, प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।