९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी

अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी
अ अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आईतवार अमेरिका र इरानबीचको शान्ति सम्झौता अहिले पूर्ण भएको घोषणा गर्नुभएको छ ।

यसका साथै उनले हर्मुज जलडमरुमध्यलाई निःशुल्क (टोल–मुक्त) रूपमा खुला गर्न र इरानी बन्दरगाहहरू विरुद्ध लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाउन अनुमति दिनुभयो ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्नुभएको छ, “इरानको इस्लामिक गणतन्त्रसँगको सम्झौता अब पूर्ण भएको छ । म यसद्वारा हर्मुज जलडमरुमध्यलाई निःशुल्क खुला गर्ने पूर्ण अधिकार दिन्छु र यससँगै अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाउने अनुमति पनि प्रदान गर्दछु ।”

उहाँले थप उत्साह व्यक्त गर्दै लेख्नुभएको छ, “विश्वका जहाजहरू हो, आफ्ना इन्जिनहरू सुरु गर। अब तेललाई बग्न देऊ!”
यसअघि द वाल स्ट्रिट जर्नललाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले यस सम्झौतामा आफूले इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गर्ने वा उपराष्ट्रपति जेडी भान्सले व्यक्तिगत रूपमा उपस्थित भई हस्ताक्षर गर्ने बताउनुभएको थियो ।

सम्झौताअनुसार इरानले आणविक हतियार प्राप्त नगर्ने प्रतिवद्धता जनाउने र हर्मुज जलडमरुमध्य तत्काल पुनः खुला गरिने ट्रम्पले बताउनु भयो । इरानबाट आणविक सामग्रीहरू हटाउन कुनै हतारो नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “त्यहाँ कुनै हतार छैन।

हामी तयार भएपछि पछि गएर आणविक धुलो ल्याउनेछौँ। मलाई लाग्छ आगामी एक वा दुई महिनाभित्र यो काम हुनेछ, अहिले कुनै हतार छैन ।” इरानीहरूमाथि कडा आणविक निरीक्षण हुने ट्रम्पले बताए तापनि यो निरीक्षण कसरी सञ्चालन हुनेछ भन्नेबारे उहाँले स्पष्ट खुलाउनु भएन ।

सम्झौता अन्तर्गत इरानलाई कुनै नगद उपलब्ध गराइने छैन, तर उनीहरूमाथि लगाइएका प्रतिबन्धहरू सम्भावित रूपमा फुकुवा हुनसक्ने ट्रम्पले बताउनु भयो ।

ट्रम्पले यस सम्झौताको घोषणा गर्नु केही समयअघि पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले सामाजिक सञ्जाल एक्समार्फत यो सम्झौताको औपचारिक हस्ताक्षर समारोह आगामी जुन १९ मा स्विट्जरल्याण्डमा हुने तय भएको जानकारी दिनुभएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल