७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवाको विभागको संख्या बढाउने प्रस्ताव, केन्द्रीय कार्यसमिति बैठक नै स्थगित



अ+ अ-

काठमाडौं । विभागको संख्या बढाउने गरी सभापति शेरबहादुर देउवाले प्रस्ताव ल्याउने तयारी गरेपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। बिहीबार बोलाइएको केन्द्रीय समिति बैठकमा आसन्न उपनिर्वाचनका सम्बन्धमा छलफल गर्ने भनिए पनि सभापति देउवाले विभाग संख्या बढाउने प्रस्ताव बैठकमा राख्ने तयारी गरेका थिए। सभापति देउवाको प्रस्तावमाथि वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाएका थिए।

पौडेल पक्षधर नेताहरू बैठकमा सहभागी नभएपछि सभापति देउवाले बैठक स्थगन गरेका हुन्। ‘पदाधिकारी बैठकमा भएका सल्लाहभन्दा फरक प्रस्ताव बैठकमा आउन थालेपछि बैठक बस्न सकेन,’ वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘किन उहाँहरूले एकपछि अर्को गरी फरक एजेन्डा ल्याउनुभयो, थाहा भएन।’ बुधबारको पदाधिकारी बैठकमा आसन्न उपनिर्वाचनमा उम्मेदवार चयन गर्न उच्चस्तरीय संयन्त्र गठन गर्ने सहमति भएको थियो।

तर देउवाले पदाधिकारी बैठकमा भएको सहमतिबाहिर गएर विभागको संख्या बढाउने प्रस्ताव राखेपछि संस्थापनइतर नेताहरू चिढिएका हुन्। सभापति देउवाले पार्टीमा पदाधिकारी संख्या बढेकाले विभाग पनि बढाउनुपर्ने प्रस्ताव गरेका थिए। उनले थपिने विभागको संख्या उल्लेख भने नगरेको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए। ‘अनायासै विभाग बढाउने कुरा सभापतिबाट आयो, अहिले भएकै विभाग गठन हुन नसकिरहेका बेला थप विभागको औचित्य के ? ,’ नेता पौडेलले भने, ‘विधानअनुसार नै विभाग गठन हुनुपर्छ भन्ने वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलाज्यूको भनाइ थियो।’

कांग्रेसको विधानमा २८ वटा विभागको व्यवस्था छ। विभाग गठनका लागि नेताहरूबीच पटक पटक छलफल भए पनि टुंगोमा पुग्न सकेको छैन। विभागको संख्या बढाउने सभापति देउवाको प्रस्तावप्रति संस्थापन पक्षकै नेताहरूले समेत आश्चर्य व्यक्त गरेका छन्। ‘यो प्रस्ताव किन आयो हामीले पनि बुझ्न सकेनौं,’ सभापति देउवानिकट एक नेताले भने, ‘भएका विभाग गठन गर्न नसकिरहेका बेला थप विभाग किन चाहियो रु यसको कुनै औचित्य नै देखिएन।’

बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले आसन्न उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न एक उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो। तर केन्द्रीय समिति बैठक बस्न नसकेपछि उम्मेदवार छनोट समिति नै गठन हुन सकेन। ९ सदस्यीय समितिमा पार्टी केन्द्रीय पदाधिकारीसँगै वरिष्ठ नेता पौडेल र अर्का नेता सिटौला सदस्य रहने समझदारी कांग्रेस पदाधिकारी बैठकमा भएको थियो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने उपनिर्वाचनका लागि सिफारिस उम्मेदवारको संख्या धेरै भएकाले शीर्ष तहबाट छलफल गरेर टुंग्याउने गरी केन्द्रीय समिति बैठक स्थगित भएको जानकारी दिए। ‘हामीले तीन जनाको नाम सिफारिस गर्न भनेका थियौं तर क्षेत्रीय समितिबाट धेरैको नाम सिफारिस भएकाले यसमा शीर्ष तहमा छलफल गर्ने गरी बैठक स्थगित भएको हो,’ उनले भने, ‘विवाद भएको होइन।’

कांग्रेसको विधानमा प्रदेशसभा र प्रतिनिधिसभा उम्मेदवारका लागि प्रत्यक्षतर्पm बढीमा तीन जना र समानुपातिकतर्फ एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ। तर प्रतिनिधिसभातर्फ कास्की क्षेत्र २ बाट १६ जनाको नाम आकांक्षी उम्मेदवारको रूपमा केन्द्रमा पठाएको छ भने प्रदेशसभा सदस्यतर्फ भक्तपुरबाट १० जना, बागलुङबाट ११ जना र दाङबाट ४ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको प्रवक्ता शर्माले बताए। कांग्रेस बैठक कात्तिक १४ गते बस्ने भएको छ।

डोल्पाका राप्रपा नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश राप्रपाका केन्द्रीय सदस्य कर्णबहादुर बुढासहित डोल्पाका ५० भन्दा धेरै नेता–कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच सभापति शेरबहादुर देउवाले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन्। राप्रपा कर्णालीका पूर्वप्रमुख समेत रहेका बुढासहितका नेताकार्यकर्तालाई देउवाले पार्टी सदस्यता प्रदान गरेका थिए।

राप्रपाका जिल्ला कार्यसमिति डोल्पाका उपाध्यक्ष श्यामबहादुर रोकाया, सदस्यहरू नन्दबहादुर कार्की, शेरबहादुर कठायत, हिक्मत शाही, निमा छिरिङ बुढा, महेश बुढा, शिव झाँक्री, कमलबहादुर बुढा, तजन रोका, तेन्जिङ रोका, दावा छिरिङ भोटे, पेम्वा छिरिङ मगर, फेन्दे गुरुङ, तेन्जिन फूर्वा मगर, मइन बुढा, सरिता बुढा, तेन्जेन रोका, लाउची रोका, लामु झाक्रीलगायत कांग्रेस प्रवेश गरेका हुन्। यस्तै नेकपाका नेता कर्णबहादुर शाही र लोकबहादुर चलाउने कांग्रेस प्रवेश गरेका हुन्।

पार्टी प्रवेशपछि बुढाले डोल्पामा कांग्रेसलाई स्थापित गराएरै छाड्ने प्रतिबद्धता जनाए। उनले २०४८ सालपछि डोल्पामा कांग्रेस विजयी नभएको उल्लेख गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउने दाबी गरे। कांग्रेस उपसभापति विमलेन्द्र निधिले राप्रपाका केन्द्रीय सदस्य बुढासहितका नेताको पार्टी प्रवेशले डोल्पामा कांग्रेस बलियो हुने विश्वास व्यक्त गरे। यस्तै कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पनि डोल्पामा कांग्रेस बलियो भएको बताए। कार्यक्रममा कांग्रेसका शीर्ष नेता उपस्थित थिए। अन्नपुर्णपोष्ट दैनिकबाट