४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सभापति देउवाको विभागको संख्या बढाउने प्रस्ताव, केन्द्रीय कार्यसमिति बैठक नै स्थगित

सभापति देउवाको विभागको संख्या बढाउने प्रस्ताव, केन्द्रीय कार्यसमिति बैठक नै स्थगित
अ+ अ-

काठमाडौं । विभागको संख्या बढाउने गरी सभापति शेरबहादुर देउवाले प्रस्ताव ल्याउने तयारी गरेपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। बिहीबार बोलाइएको केन्द्रीय समिति बैठकमा आसन्न उपनिर्वाचनका सम्बन्धमा छलफल गर्ने भनिए पनि सभापति देउवाले विभाग संख्या बढाउने प्रस्ताव बैठकमा राख्ने तयारी गरेका थिए। सभापति देउवाको प्रस्तावमाथि वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाएका थिए।

पौडेल पक्षधर नेताहरू बैठकमा सहभागी नभएपछि सभापति देउवाले बैठक स्थगन गरेका हुन्। ‘पदाधिकारी बैठकमा भएका सल्लाहभन्दा फरक प्रस्ताव बैठकमा आउन थालेपछि बैठक बस्न सकेन,’ वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘किन उहाँहरूले एकपछि अर्को गरी फरक एजेन्डा ल्याउनुभयो, थाहा भएन।’ बुधबारको पदाधिकारी बैठकमा आसन्न उपनिर्वाचनमा उम्मेदवार चयन गर्न उच्चस्तरीय संयन्त्र गठन गर्ने सहमति भएको थियो।

तर देउवाले पदाधिकारी बैठकमा भएको सहमतिबाहिर गएर विभागको संख्या बढाउने प्रस्ताव राखेपछि संस्थापनइतर नेताहरू चिढिएका हुन्। सभापति देउवाले पार्टीमा पदाधिकारी संख्या बढेकाले विभाग पनि बढाउनुपर्ने प्रस्ताव गरेका थिए। उनले थपिने विभागको संख्या उल्लेख भने नगरेको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए। ‘अनायासै विभाग बढाउने कुरा सभापतिबाट आयो, अहिले भएकै विभाग गठन हुन नसकिरहेका बेला थप विभागको औचित्य के ? ,’ नेता पौडेलले भने, ‘विधानअनुसार नै विभाग गठन हुनुपर्छ भन्ने वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलाज्यूको भनाइ थियो।’

कांग्रेसको विधानमा २८ वटा विभागको व्यवस्था छ। विभाग गठनका लागि नेताहरूबीच पटक पटक छलफल भए पनि टुंगोमा पुग्न सकेको छैन। विभागको संख्या बढाउने सभापति देउवाको प्रस्तावप्रति संस्थापन पक्षकै नेताहरूले समेत आश्चर्य व्यक्त गरेका छन्। ‘यो प्रस्ताव किन आयो हामीले पनि बुझ्न सकेनौं,’ सभापति देउवानिकट एक नेताले भने, ‘भएका विभाग गठन गर्न नसकिरहेका बेला थप विभाग किन चाहियो रु यसको कुनै औचित्य नै देखिएन।’

बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले आसन्न उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न एक उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो। तर केन्द्रीय समिति बैठक बस्न नसकेपछि उम्मेदवार छनोट समिति नै गठन हुन सकेन। ९ सदस्यीय समितिमा पार्टी केन्द्रीय पदाधिकारीसँगै वरिष्ठ नेता पौडेल र अर्का नेता सिटौला सदस्य रहने समझदारी कांग्रेस पदाधिकारी बैठकमा भएको थियो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने उपनिर्वाचनका लागि सिफारिस उम्मेदवारको संख्या धेरै भएकाले शीर्ष तहबाट छलफल गरेर टुंग्याउने गरी केन्द्रीय समिति बैठक स्थगित भएको जानकारी दिए। ‘हामीले तीन जनाको नाम सिफारिस गर्न भनेका थियौं तर क्षेत्रीय समितिबाट धेरैको नाम सिफारिस भएकाले यसमा शीर्ष तहमा छलफल गर्ने गरी बैठक स्थगित भएको हो,’ उनले भने, ‘विवाद भएको होइन।’

कांग्रेसको विधानमा प्रदेशसभा र प्रतिनिधिसभा उम्मेदवारका लागि प्रत्यक्षतर्पm बढीमा तीन जना र समानुपातिकतर्फ एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ। तर प्रतिनिधिसभातर्फ कास्की क्षेत्र २ बाट १६ जनाको नाम आकांक्षी उम्मेदवारको रूपमा केन्द्रमा पठाएको छ भने प्रदेशसभा सदस्यतर्फ भक्तपुरबाट १० जना, बागलुङबाट ११ जना र दाङबाट ४ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको प्रवक्ता शर्माले बताए। कांग्रेस बैठक कात्तिक १४ गते बस्ने भएको छ।

डोल्पाका राप्रपा नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश राप्रपाका केन्द्रीय सदस्य कर्णबहादुर बुढासहित डोल्पाका ५० भन्दा धेरै नेता–कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच सभापति शेरबहादुर देउवाले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन्। राप्रपा कर्णालीका पूर्वप्रमुख समेत रहेका बुढासहितका नेताकार्यकर्तालाई देउवाले पार्टी सदस्यता प्रदान गरेका थिए।

राप्रपाका जिल्ला कार्यसमिति डोल्पाका उपाध्यक्ष श्यामबहादुर रोकाया, सदस्यहरू नन्दबहादुर कार्की, शेरबहादुर कठायत, हिक्मत शाही, निमा छिरिङ बुढा, महेश बुढा, शिव झाँक्री, कमलबहादुर बुढा, तजन रोका, तेन्जिङ रोका, दावा छिरिङ भोटे, पेम्वा छिरिङ मगर, फेन्दे गुरुङ, तेन्जिन फूर्वा मगर, मइन बुढा, सरिता बुढा, तेन्जेन रोका, लाउची रोका, लामु झाक्रीलगायत कांग्रेस प्रवेश गरेका हुन्। यस्तै नेकपाका नेता कर्णबहादुर शाही र लोकबहादुर चलाउने कांग्रेस प्रवेश गरेका हुन्।

पार्टी प्रवेशपछि बुढाले डोल्पामा कांग्रेसलाई स्थापित गराएरै छाड्ने प्रतिबद्धता जनाए। उनले २०४८ सालपछि डोल्पामा कांग्रेस विजयी नभएको उल्लेख गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउने दाबी गरे। कांग्रेस उपसभापति विमलेन्द्र निधिले राप्रपाका केन्द्रीय सदस्य बुढासहितका नेताको पार्टी प्रवेशले डोल्पामा कांग्रेस बलियो हुने विश्वास व्यक्त गरे। यस्तै कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पनि डोल्पामा कांग्रेस बलियो भएको बताए। कार्यक्रममा कांग्रेसका शीर्ष नेता उपस्थित थिए। अन्नपुर्णपोष्ट दैनिकबाट